2026-10-15 04:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

म्यानपावरमा हुने ठगि र चर्को अशुलीतिर पनि ध्यान दिन मेयर बालेनलाई गुहार !

असार १, काठमाडौँ । मेयर बालेन साहले काठमाडौँ महानगरभित्रका बिभिन्न बेथितिलाई क्रमश ध्यान दिएर सुधारको काम गरेको भन्दै प्रसंशा गरिएको छ । यसै बीच सामाजिक संजालमा बालेनलाई म्यानपावरहरुले वैदेशिक रोजगारको क्रममा गरिरहेको ठगि र चर्को अशुलीमा ध्यान दिन आग्रह गर्दै दवाब बढाइएको छ । 

महानगरभित्र गलत र नीति बिपरित क्रियाकलाप बढिरहेकोप्रति धमाधम एक्सनमा उत्रिरहेका बालेनलाई ‘कार्यक्षेत्र भित्र पर्छ भने म्यानपावरहरुले मच्चाईरहेको लुट पनि नियन्त्रण गरिदिन’ भन्दै ध्यानाकर्षण गर्न थालिएको छ । महानगरमा व्यवसाय गरेर नीति बाहिर रही ठगि भईरहेको भन्दै भएको ध्यानाकर्षणको सम्बन्धमा धेरैले लाइक र प्रतिक्रिया दिएका छन् । कतिपयले सम्बन्धित निकायका अधिकारीहरु तलब मात्र खाएर बसेको भन्दै म्यानपावरहरुले गरेको गलत गतिबिधिहरुमाथि पनि बालेनको नजर जानेमा आफूहरु आशाबादी गरेको प्रतिक्रिया दिएका छन् ।

वैदेशिक रोजगार क्षेत्रमा फ्री भिसा फ्री टिकटको नीति अनुसार ९८ प्रतिशत भन्दा बढी म्यानपावरहरु नचलेको बताइएको छ । यसैमा पछिल्लो समय मलेसिया रोजगारमा जान ४ लाखसम्म अशुली हुन थालेको छ भने युरोप रोजगारका नाममा कन्सल्टेन्सी तथा व्यक्तिहरुले समेत अग्रिम अशुलीका साथै चर्को अशुली गर्दै आएका छन् । २०७२ सालमा तात्कालिन श्रममन्त्री टेक बहादुर गुरुङले वैदेशिक रोजगारमा जान खाडीका ६ राष्ट्रमा १० हजार भन्दा बढी लिन नपाउने नीति घोषणा गरेका थिए । त्यस्तै मलेसिया रोजगारमा जान निशुल्कको नीति छ । तर अधिकांश म्यानपावर व्यवसायीले डिमाण्ड किनेर ल्याउने र चर्को लागत तिराएर कामदार पठाउने गरेको अवस्था छ । 

मेयर शाहले पछिल्लो पटक शिक्षा क्षेत्र सुधारको लागि गरेको प्रयासको खुलेर प्रसंशा भईरहेको छ । त्यस्तै मेयर शाहले पछिल्लो समय आफ्नो कार्य क्षेत्रभित्र नपरेपनि ग्रेटर नेपालको नक्सा कार्यकक्षमा तासकोदेखि भारतबाट आयातित हुने तरकारीलाई काठमाडौँमा रोक लगाउने कुरा र भारतीय चलचित्र आदिपुरुषमा सिता भारतको भनि आएको विषयलाई लिएर भएको ध्यानाकर्षणलाई लिएर निकै चर्चा पाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन