2026-09-03 09:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

युएईमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन एनआरएनएको सक्रियता

असार २१, काठमाडौँ । युएईमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन एनआरएनए युएईले सक्रियता बढाएको छ । गत मंगलबार युएईमा एनआरएनए युएईले कार्यक्रमनै आयोजना गरेर सामाजिक सुरक्षा कोषको बारेमा जानकारी लिएको छ । 

नेपाली युवाहरुको मुख्य श्रम गन्तव्य मध्य रहेको युएईस्थित दुबईमा आयोजित कार्यक्रममा एनआरएनए युएईका अध्यक्ष ठाकुर प्रसाद ढुंगानाले सामाजिक सुरक्षा कोषमा आफूहरुले बुझेर युएईमा कार्यरत लाखौँ नेपालीहरुलाई कोषबारे बुझाउने उदेश्य आफूले राखेको बताए ।

अध्यक्ष ढुंगानाले कोषमा आवद्धता अनिवार्य रहेको कारण युएई आएका नेपालीहरुलाई सामाजिक सुरक्षा कोष आफ्नै लागि हो भन्ने प्रत्याभूति हुने गरि बुझाउन जरुरी गरेको बताए । कार्यक्रमका बीच उनले भने ‘ओमन स्थित मस्कटमा भएको आठौँ मध्यपूर्वी भेलामा एनआरएनएले सामाजिक सुरक्षा कोषलाई प्राथमिकता दिएर बहश गरेको हुनाले एनआरएनएको आगामी क्रियाकलाप सामाजिक सुरक्षा कोषमा आवद्धता बढाउने समेत हुन्छ । मैले भेलाबाट सामाजिक सुरक्षा कोषको बारेमा आधा कुरा बुझेको थिएँ, आजको कार्यक्रमबाट पुरै कुरा बुझ्नेछु ।’ 

दुबईलाई आयोजित कार्यक्रममा नेपालबाट ओमन हुँदै दुबई पुगेका पत्रकार अनिल अधिकारीले सामाजिक सुरक्षा कोषको बारेमा आफ्नो अनुभव सहित सामाजिक सुरक्षा कोषमा कसरी जोडिने भन्नेबारे ब्रिफिङ गरेका थिए । पत्रकार अधिकारीले आफूले सामाजिक सुरक्षा कोषमा जोडिएर लिएको सुविधा सहित कोषमा आवद्ध हुँदा हुने फाइदाबारे जानकारी गराए । पत्रकार अधिकारीले भने ‘कोषमा नियमित जोदिदा धेरै फाइदा छ । अरु केहि फाइदा नहेरे पनि कम्तिमा बचत हुने कुरा महत्वपूर्ण कुरा हो । कोषमा आवद्ध हुनेहरुले जीवनमा आईपर्न सक्ने जोखिमलाई बहन गर्ने क्षमता राख्ने कुरा महत्वपूर्ण कुरा हो । जसले जीवनमा क्षेती भोग्छ उसका लागि सामाजिक सुरक्षा बरदान जस्तै हो ।’ पत्रकार अधिकारीले अगाडी भने ‘जीवनमा कोषबाट फाइदा लिनकै निम्ति कुनै अप्रिय घटना नहोस् तर पनि कोषमा आवद्ध हुँदा फाइदा छ । मैले तीन बर्षमा झन्डै तीन लाख रकम कोषमा जम्मा गरेछु । यो रकम मैले मासिक जम्मा गरेको थिएँ । मलाई लाग्छ सामाजिक सुरक्षा कोषमा यसरी मासिक रकम जम्मा नगरेको भए मेरो यति रकम कतै बचत नहुन सक्थ्यो । साथै मलाई आफू र आफ्नो आश्रित परिवार सुरक्षित छ भन्नेमा ढुक्क हुने अवस्था छ ।’ 

कार्यक्रममा सहभागीहरुले कोषमा आवद्ध हुने तरिका तथा मासिक रकम भुक्तानी गर्ने तरिकाबारे जानकारी लिएका छन् । सहभागीहरुले आफू जानाकार रहेर मासिक कोषमा रकम राख्ने सम्बन्धमा युएईमा रहेका अरु नेपालीहरुलाई पनि सिकाउने बताए । यसै सम्बन्धमा युएई स्थित एनआरएनएका अध्यक्ष ठाकुर प्रसाद ढुंगानाले एनआरएनएले विश्वभर रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराई राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । उनले भने ‘एनआरएनएले यसलाई अभियानकै रुपमा अगाडी बढाउन सक्नुपर्छ ।’ यो अभियानले राज्यको अर्थतन्त्रलाई चलायमान गराउनुको साथै बिदेशिएका नेपालीहरुलाई सामाजिक सुरक्षा योजना भित्र समेट्न सकिने अध्यक्ष ढुंगानाको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ