2026-09-24 01:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

ज्वालामुखी गाउँपालिकाबाटै वैदेशिक रोजगारमा जान पुन: श्रम स्वीकृति दिन सुरु

अनिल अधिकारी । असार २२, धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाले आजदेखि वैदेशिक रोजगारमा जानेहरुहरुलाई पुन:श्रम स्वीकृति दिन सुरुवात गरेको छ । गाउँपालिका स्थित रोजगार सेवा केन्द्रले पहिलो पटक ज्वालामुखी ५ का जितेन्द्र फ्यालीलाई वैदेशिक रोजगारमा जान पुन: श्रम स्वीकृति जारी गरि यो सेवाको शुभारम्भ गरेको हो । 

सेवाको शुभारम्भ गरेको विषयमा जानकारी दिंदै ज्वालामुखी गाउँपालिकाकि रोजगार संयोजक रमिला थापा मगरले आफूहरुले केहि समय अघिदेखिनै पालिका भित्रका युवाहरुलाई वैदेशिक रोजगारको लागि श्रम स्वीकृतिको लागि सहयोग गर्ने सूचना जारी गरेपनि सेवा लिन नआएको बताईन् । उनले बुधबार पहिलो पटक जितेन्द्र फ्यालीबाट सेवा लिन आएपछि पालिकाकै सहयोगमा बिहिबारनै पुन:श्रम स्वीकृति प्राप्त भएको जानकारी दिएकि छन् । ‘बाहिर साइबर र श्रम गरिदिन्छु भन्ने एजेन्टले धेरै पैसा अशुलेर ठगि गर्ने सम्भावना हुन्छ तर हामीले निशुल्क सहयोग गर्छौं ।’ थापाको भनाई छ । स्थानिय निकायबाटै वैदेशिक रोजगारमा जानेहरुले पुन: श्रम स्वीकृतिको लागि सहयोग पाउने भएपछि क्रमश सेवाग्राही बढ्ने रोजगार संयोजक थापाको भनाई छ । 

सरकारले यसअघि  वैशाख १ देखि वैदेशिक रोजगारीमा जाने कामदारले स्थानीय निकायबाट नै श्रम स्वीकृतिका लागि निवेदन दिन सक्ने घोषणा गरेको थियो । तर अधिकांश स्थानिय निकायले यसको सुरुवात गर्ने योजनामा रहेको बताएपनि धेरै स्थानिय तहबाट यो कामको सुरुवात हुन सकेको छैन । स्थानिय स्तरबाटै सेवा प्राप्त गर्दा बिचौलिया तथा साइबर प्रतिनिधिहरुलाई चर्को शुल्क तिर्नु पर्दैन । पछिल्लो समय श्रम स्वीकृति निकालिदिने बहानामा बिचौलिया तथा साइबरहरुले १५ सय देखि तीन हजारसम्म अशुल्दै आएका छन् । स्थानिय स्तरबाटै श्रम स्वीकृत पाउने हो भने निशुल्क पाउन सकिने व्यवस्था छ ।

श्रम मन्त्रालयका अनुसार स्थानिय तहका रोजगार संयोजकले बेरोजगार सूचीकृत गर्नुका साथै वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिन चाहेमा प्रारम्भिक सेवा दिनेछन् । वैदेशिक रोजगारमा पुन: श्रम स्वीकृति लिने प्रक्रियाको लागि आवश्यक कागजपत्र संकलन गर्न केन्द्रका कर्मचारीले कामदारलाई सहयोग गर्नेछन् । 

वैदेशिक रोजगारीमा जाने कामदारले काठमाडौंस्थित श्रम कार्यालयबाट मात्रै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था थियो । केही समयअघि श्रम मन्त्रालयले सातैवटा प्रदेशमा श्रम कार्यालय विस्तार गरी कार्यालयमार्फत श्रम स्वीकृति लिन सकिने व्यवस्था गरेको छ । श्रम स्वीकृति लिने व्यवस्थालाई अझै सहज बनाउँदै सरकारले स्थानीय निकायबाट श्रम स्वीकृतिका निवेदन दिन सक्ने व्यवस्था गरेको हो । पछिल्लो घोषणा अनुसार क्रमश स्थानिय स्तरबाटै वैदेशिक रोजगारको पुन:श्रम स्वीकृति दिन सुरु भईरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु