2026-10-15 04:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

शंकाकै भरमा ठूलो संख्यामा नेपाली कामदारहरु विमानस्थलबाट फर्काइयो

असार २८, काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यामागमन कार्यालयले बुधबार बेलुका ठूलो संख्यामा वैदेशिक रोजगारमा जान लागेका नेपाली कामदारलाई नेपाल एअरपोर्टबाट गन्तव्य देश जान नदिई फिर्ता पठाएको छ । शंकाकै आधारमा अस्पष्ट पत्र थमाएर विमानस्थल कार्यालयले कामदारहरुलाई प्रस्थान अनुमति नदिई फिर्ता पठाएको हो । 

विमानस्थलबाट फिर्ता पठाइएका पीडितहरुबाट प्राप्त प्रमाणको आधारमा उनीहरु बिभिन्न म्यानपावर कम्पनी मार्फत वैदेशिक रोजगारमा गएको पाइएको छ । जस मध्ये बुधबार बेलुका फर्काईएकाहरुमा निलकमल ह्युमनबाट गएका २४ जना, इन्डेक्स म्यानपावरबाट गएका ४७ जना, युथ म्यानपावरबाट गएका ३२ जना रसुलभ म्यानपावरबाट गएका ४ जना फिर्ता भएका हुन् । पीडितहरुबाट प्राप्त भएको भिसा जो कोहिले भेरिफाई गर्न सक्ने साथै पासपोर्ट नम्बरको आधारमा संस्थागत रुपमै श्रम स्वीकृति लिएको पाइएको छ । 

पीडितहरुले ‘कागजात संकास्पद’ भएको अनुमानकै भरमा खादा/माला लगाएर वैदेशिक रोजगारमा उड्न गएकाहरुलाई फर्काउनु स्वभाविक विषय नभएको बताएका छन् । सबै प्रक्रिया पुरा गरि वैदेशिक रोजगारमा जान खोज्दा पनि अध्यागमनले रोकेको बिषय दु:ख दिने नियत मात्र रहेको पीडितको भनाई छ । ‘विमानस्थल अध्यामागमन कार्यालयमा सेटिङ गरेर पठाउँदा सबै पास हुने तर प्रमाणित हुने कागजात बोकेर जाँदा पास नहुने रहेछ ।’ एक पीडितको आक्रोश छ । विमानस्थलमा सेटिङ चल्ने विषय पहिलेदेखिनै गुनाशोको रुपमा सुनिदै आएका विषय हुन् । यस सम्बन्धमा सम्बन्धित म्यानपावर कम्पनीहरुसँग समेत भेरिफाई गर्दा कुनै कागजात फेक नबनाएको, प्रक्रिया पुरा गरेरै वैदेशिक रोजगारको प्रक्रियामा पठाएको र विमानस्थलले रोक्नुपर्ने कुनै कारण नरहेको बताएको छ । 

त्यसो त संस्थागत रुपमा रोजगारमा गएको नागरिकलाई विदेश पुगेपछि आउने समस्याको समाधानको जिम्मेवारी वैदेशिक रोजगार बिभागको कार्यक्षेत्रभित्र पर्ने र संस्थागत रुपमा हुने श्रम स्वीकृति सम्बन्धित देशमा रहेको दुतावासबाट प्रमाणीकरण भई बिभागबाट श्रम स्वीकृति समेत लिई आउने हुँदा कामदारलाई आइपर्ने समस्याको स्पष्ट कानुनी उपचार पाउने आधार हुन्छ । साथै कामदार बिदेशमा गई अलपत्र परेको खण्डमा कारवाहीको लागि म्यानपावर आफैमा भागिदार हुने अवस्था छ ।

विमानस्थलले सबै प्रमाणित कागजात हुँदाहुँदै पनि विमानस्थलबाट अनुमानकै भरमा रोक्नुले जो कोहि नागरिक वैदेशिक रोजगारमा जाँदा बिना कारण बिमानस्थलको संकास्पद पत्रको आधारमा वैदेशिक रोजगारमा जान नपाउने अवस्थाको निरन्तरता रहने बुझिएको छ । 

यसै सम्बन्धमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बिना कारण ११० जना वैदेशिक रोजगारमा जानेहरुलाई विमानस्थलले दु:ख दिएको र उनिहरुको ननरिफण्डेबल टिकट त्यतिकै खेर गएको बताए । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन