2026-09-03 10:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

आन्दोलनरत कोरिया रिटर्नीहरूसँग ५ बुँदे सहमति

साउन १२, काठमाडौँ | आन्दोलनरत कोरिया रिटर्नीहरू र ईपीएस कोरिया शाखाबीच पाँच बुँदे सहमति भएको छ । गत असार १० गतेदेखि आन्दोलन गर्दै आएका रिटर्नीहरूसँग एचआरडी सर्भिस अफ कोरिया, ईपीएस सेन्टर नेपालको रोहबरमा सहमति भएको हो ।

विगत केही महिनादेखि ईपीएस प्रणालीबाट कोरिया गएका रिटर्नीहरूले रोस्टरमा भएका कामदारहरूलाई पुनः कोरिया जान पाउने वातावरण बनाउन माग गर्दै आएका थिए ।

सहमती भएसँगै आन्दोलनलका कार्यक्रम फिर्ता लिएका छन् । सहमति अनुसार सीबीटी परीक्षा सम्बन्धी सूचनाको आधारमा ईपीएस कोरिया शाखा र रिटर्नी समूहबीच असार १० गते भएको सहमति कार्यान्वयन गर्न पहल गर्ने तथा सीबीटी परीक्षा रिटर्नीहरूको लागि भएकाले स्वस्फूर्त रूपमा सहभागी हुने निर्णय गरिएको छ ।

त्यस्तै परीक्षा सञ्चालनमा कोही कसैले कुनै किसिमको बाधा अवरोध नगर्ने नगराउने तथा विभिन्न खालका मित्थ्या समाचारहरूको दुवै पक्षले प्रतिबाद गर्ने सहमति भएको छ ।

कोरिया रिटर्नी समूहले कार्यालयमा पेश गरेका मागहरूलाई श्रम मन्त्रालय मार्फत कूटनैतिक पहल गरी कार्यान्वयनको पहल गर्न अनुरोध गर्ने सहमति भएको छ ।

कोरिया रिटर्नीहरूले समयमै कोरिया नपठाएको तथा आर्थिक चलखेल गर्दै आफूहरूको फाइल अगाडि नबढाएको भन्दै उनीहरूले प्रदर्शन गर्दै आएका हुन् । पाँच वर्ष कोरियामा काम गरेर फर्केर आएकाहरूले सन् २०२२ मा पुनः परीक्षा दिएर पास भई कोरिया जान प्रतीक्षारत थिए । तर, अहिलेसम्म उनीहरूको नाम नआएपछि सरकारविरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।

कोरियाबाट फर्किएका ३५०० देखि ४ हजारको हाराहारीमा रिटर्नीहरू छन् । २०२२ मा युबीटी परीक्षामा पास भएका परीक्षार्थीहरूले ईपीएस कोरिया शाखामा प्रदर्शन गर्दै आएका हुन् ।  

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ