2026-10-15 02:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

पोर्चुगल पठाउँछु भन्दै १७ जनालाई बेलारुस पुर्याएर अलपत्र, पीडितद्वारा पत्रकार सम्मेलन

साउन १३, काठमाडौं । पोर्चुगल पठाउँछु भन्दै १७ जनासँग लाखौँ उठाएर एक जना वेपत्ता भएका छन् । पीडितहरुले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कन्चनपुर बेलौरी नगरपालिका–४ का दिपेश शाहीले पोर्चुगल लैजाने भन्दै लाखौं ठगेर अलपत्र पारेको आरोप लगाएका हुन् । 

शाहीले गत चैत्र २८ गते पोर्चुगल लैजानै भन्दै आफूसहित १८ जनालाई नेपालको एयरपोर्ट हुँदै मस्को पुर्याएको पीडित राम रोकायले बताए । 

मस्को पुगेपछि एजेन्ट शाही अर्कै देशतर्फ (बोस्निया) लागेको र अन्य १७ जनालाई प्रवाश नाम गरेका भारतीय एजेन्टले रिसिभ गरेको उनको भनाई छ ।

‘हामी चैत्र २८ गते दिपेश शाहीको माध्यमबाट पोर्चुगल लान्छु भनेर हामी नेपालको एयरपोर्ट हुँदै मस्को गयौं । मस्को गएपछि प्रवाश भन्ने इन्डेन मान्छेले हामीलाई एयरपोर्टमा रिसिभ गरेर होटलमा लैजानुभयो,’ पीडित रोकायले भने । 

आफुहरुलाई मस्कोबाट प्लेन टु प्लेन पोर्चुगल लैजान्छौं भनेपनि त्यहाँबाट ट्याक्सीमा हालेर बेलारुस पु¥याइएको उनको आरोप छ । 

बेलारुसमा पनि ८/१० दिन राखेर त्यहाँबाट पाकिस्तानी एजेण्टको साथ लगाएर पोर्चुगलका लागि पानी नै पानी भएको बाटोबाट लाट्भिया पुर्याएको र त्यहाँको प्रहरीले  बेलारुसमै फिर्ता पठाएको उनले बताए ।

त्यसपछि फेरि १५/२० बेलारुसको होटलमै बसेर पोल्याण्ड छिर्ने योजना पनि सफल नभएर बेलारुस नै फर्किँदा त्यहाँको प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर १५ दिन जेलमा राखेपछि आफ्नै खर्चमा नेपाल फर्काइदिएको पीडित रोकायले बताए ।

पोर्चुगल पठाउँछौं भनेर विभिन्न देशमा पुर्याएर विचल्ली बनाउने शाहीलाई कानुनी कारबाहीसहित आफूहरुको पैसा फिर्ता होस् भन्ने चाहेको पीडितको भनाई छ । 

‘हामीजस्ता अरु नफसुन् । हाम्रो लगेको पैसा फिर्ता आओस् । उसलाई कानुनी कारबाही होस् भन्ने हामी चाहन्छौं,’– उनले भने । 

त्यस्तै , अर्का पीडित कञ्चनपुर बेलौरीका वियज रानाले पोर्चुगल पठाउँछु भनेर गठी गर्ने शाहीलाई उचित कारबाही गर्न सरोकारवाला निकायहरुको ध्यानाकार्षण गराए ।

पोर्चुगल पुर्याएर भनेअनुसारको काममा लगाउन नसके लागेको पूरै पैसा फिर्ता गरिदिने शर्तमा शाहीलाई आफूहरुले पैसा बुझाएको पीडितहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता