2026-10-15 02:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

नेदरल्याण्ड र पोल्याण्ड पठाइदिने भन्दै झण्डै ४६ लाख रुपैयाँ ठगी, दुई जना पक्राउ

साउन १८, काठमाडौँ | वैदेशिक रोजगारीको लागि युरोपेली देश पठाइदिने भन्दै लाखाैँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रोजगारीको लागि नेदरल्याण्ड पठाइदिने भन्दै ६ जनाबाट ४४ लाख ५० हजार रुपैयाँ ठगी गर्ने महोत्तरीका ३७ वर्षीय कपिल बर्मालाई प्रहरीले पक्राउ गरेको हो । उनले ६ जनाबाट पटकपटक गरी रकम मागेर सम्पर्क विहीन बनेका थिए । पीडितले वैदेशिक रोजगारीमा दिएको उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गएको सोमबार बर्मालाई पक्राउ गरेको हो । उनले पीडितहरुलाई महिनाको दुई लाख रुपैयाँ कमाइ हुने जागिरको प्रलोभन दिएका थिए भने नेदरल्याण्ड जान १२ लाख रुपैयाँ लाग्ने बताएका थिए ।

यस्तै, युरोपेली देश पोल्याण्ड पठादिन्छु भन्दै ठगी गर्ने पाल्पाका पुरण अल्मालीलाई गएको मंगलबार प्रहरीले पक्राउ गरेको छ । अल्मालीले धनन्जय चौधरीलाई आकर्षक रोजगारीमा पोल्याण्ड पठाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ । पोल्याण्ड जान जम्मा ८ लाख रुपैयाँ लाग्छ र त्यहाँ गएपछि होटलमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेर पीडितबाट एक लाख २० हजार रुपैयाँ लिइ फरार रहेका अल्मालीलाई काठमााण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

अहिले वैदेशिक रोजगार विभागले दुवै जनामाथि थप अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता