2026-10-15 02:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

विदेशमा मृत्यु हुने श्रमिकका परिवारलाई दिइने क्षतिपूर्ति बढाउने तयारी, दुःख पाएर फर्कनेलाई समेत क्षतिपूर्ति

साउन २५, काठमाडौँ | सरकारले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकले पाउने क्षतिपूर्ति रकम बढाउने तयारी गरेको छ । 

चालु आर्थिक वर्ष २०८०/८१ को बजेटले यस्तो रकम बढाउने गरी बजेट तोकेको थियो । सोही अनुसार अब मृतक श्रमिकको परिवारले पाउने क्षतिपूर्ति रकम समेत बढाउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले जानकारी दिए ।

आर्थिक वर्ष २०७४/७५ बाट ७ लाख रुपैयाँ क्षतिपूर्ति दिन थालिएको हो । अहिले वैदेशिक रोजगारीमा गएका श्रमिकको विदेशमा नै मृत्यु भएमा परिवारले ७ लाख रुपैयाँ क्षतिपूर्ति पाइरहेका छन् । यसलाई वृद्धि गर्ने तयारी सरकारले गरेको हो ।

सहसचिव घिमिरेका अनुसार यो रकम कति हुने भन्ने बारे भने कार्यविधि बनिसकेपछि मात्र स्पष्ट हुनेछ । क्षतिपूर्ति बढाएर ९, १० वा १२ लाख कति पुर्‍याउने भन्ने बारे कार्यविधिले नै तोक्ने छ,’ उनले भने, ‘हामी सोही कार्यविधि निर्माणको तयारीको चरणमा छौं ।’ 

मन्त्रालयका अनुसार यसै कार्यविधिले वैदेशिक रोजगारीमा गएर ज्यान गुमाउने श्रमिकका सन्ततिले पाउने छात्रवृत्ति रकमलाई समेत वृद्धि गर्ने भएको छ । सरकारले शिशु कक्षादेखि कक्षा १२ सम्म पढ्न छात्रवृत्ति दिने गरेको छ । अहिले ८ कक्षासम्मको अध्ययनका लागि वार्षिक ८ हजार रुपैयाँ छात्रवृत्ति दिइन्छ । ८ कक्षाभन्दा माथि पढ्ने विद्यार्थीले भने वार्षिक १२ हजार रुपैयाँ पाउँदै आएका छन् । यो रकम समेत कति पुग्ने भन्ने बारे कार्यविधिले तोक्ने भएको छ ।

वैदेशिक रोजगार बोर्डको २०७९/८० को वैशाखसम्मको तथ्यांक अनुसार १० महिनामा १०३२ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा १ हजार ४७९ जना श्रमिकको निधन भएको थियो । यो तथ्यांक अनुसार दैनिक औसत चार जना श्रमिकको शव नेपाल भित्रने तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७७/७८ यता हरेक वर्ष १ हजार भन्दा माथि श्रमिकको विदेशमा निधन भइरहेको छ ।

विदेशबाट दुःख पाएर फर्कने श्रमिकलाई समेत क्षतिपूर्तिको व्यवस्था गरिने

मृतक परिवारले पाउने क्षतिपूर्ति रकमसँगै विदेशमा पुगेर अङ्‍गभङ्‍ग भएर फर्कने, दुःख पाएर फर्कने र अवैधानिक रुपमा पुगेर दुःख पाएका श्रमिकलाई समेत क्षतिपूर्ति उपलब्ध गराउने गरी कार्यविधि बन्ने सहसचिव घिमिरेले जानकारी दिए ।

‘मृतक परिवारसँगै सरकारले हेर्नुपर्ने अन्य श्रमिकलाई समेत कसरी सम्बोधन गर्ने भन्नेबारे हामीले गृहकार्य गरिरहेका छौं,’ उनले भने ।

सरकारले श्रमिकको हितका लागि क्रियासिल कोषहरुलाई समेत अब एकीकृत रुपमा सञ्चालन गर्ने भएको छ । रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा गरी अहिले श्रमिकका लागि तीन वटा कोषबाट क्षतिपूर्ति रकम प्रदान गरिँदै आएको छ । अब यी तीन वटै कोषलाई एकीकृत गरी लैजाने गरी गृहकार्य भइरहेको समेत मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीलाई हालै मात्र सामाजिक सुरक्षा कोषमा आवद्ध गरिएको हो । रोजगार कल्याणकारी कोषमा भने श्रमिक विदेश जाने बेला नै निश्चित रकम जम्मा गर्ने गरिन्छ । सो रकम मृतक श्रमिकको परिवारलाई क्षतिपूर्ति स्वरुप दिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता