2026-10-15 02:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

श्रम स्वीकृति नै नलिई ९७५ जना डाक्टर कुवेत पठाउने विज्ञापन गरेपछि….

भदौ १४, काठमाडौँ | केही दिन अगाडि सामाजिक सञ्जालमा ९७५ नेपाली विशेषज्ञ डाक्टरलाई कम्तीमा ७ लाखदेखि १२ लाख ७० हजार रुपैयाँसम्म तलब दिने भन्दै एउटा विज्ञापन सार्वजनिक भयो। 

 यसका लागि सबै अनलाइनबाटै अन्तरवार्ता हुने भनेको थियो । दिनको ८ घण्टा काम, महिनामा २६ दिन काम गर्नुपर्ने भन्ने थियो । तीन वर्षको कार्यअनुभव गरेका, एमबीबीए तथा एमडी डाक्टरको लागि विज्ञापन गरिएको थियो । 

कुवेतको एक निजी अस्पतालमा रोजगारीका लागि भन्दै गरिएको विज्ञापनलाई लिएर सन्देह सिर्जना भयो। उक्त विज्ञापन सार्वजनिक भएसँगै धेरै नेपाली डाक्टरले चासो देखाए । कतिपयले थोरैको सङ्ख्यामा रहेको नेपाली विशेषज्ञ डाक्टर विदेश पलायन हुने भन्दै चिन्ता पनि व्यक्त गरे ।

खोजतलास गर्दै जाँदा उक्त विज्ञापन गर्ने ओमेगा इन्टरनेसनल रहेको पाइयो । त्यसपछि विभागले अनुसन्धान गर्दै जाँदा विभागको पूर्व स्वीकृति विनै सामाजिक सञ्जालमा विज्ञापन गरेको पाइयो । 

१३५२/०७४/०७५ इजाजतपत्र नम्बर रहेको ओमेगालाई विभागले अर्को निर्णय नहुँदासम्मको लागि निलम्बन गरेको छ ।

वैदेशिक रोजगार ऐनको दफा ६१(४) बमोजिम निलम्बन गरिएको विभागले जनाएको छ । विभागलाई प्राप्त भएको सूचना अनुसार ओमेगाले यसअघि समेत व्यक्तिगत श्रम स्वीकृतिको आधारमा नेपाली विशेषज्ञ डाक्टरहरूलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै विज्ञापन गरेको थियो । उक्त दफा अनुसार इजाजतपत्र बढीमा ६ महिनासम्म निलम्बन गर्ने सक्ने व्यवस्था छ ।

सोही आधारमा थप अनुसन्धान पुरा गरेर निर्णय नहुँदासम्मको लागि निलम्बन फुकुवा नहुने महानिर्देशक दहालले बताए ।

ओमेगाले यसअघि पनि कुवेतमा रोजगारीको अवसर भन्दै सामाजिक सञ्जालमार्फत विज्ञापन पटक पटक विज्ञापन गरेको देखिन्छ । ओमेगामाथिको अनुसन्धान नसकिएको र अनुसन्धानको क्रममा थप कुराहरू खुल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता