2026-10-15 01:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

जर्मनीले नेपाली कामदार मागेको भन्ने भाइरल सूचना साँचो हो ?

असोज २, काठमाडौँ | केही दिन यता जर्मनीमा नेपाली कामदार माग भएको भन्ने सूचना फेसबुक तिर भाइरल छ । जर्मनीमा नेपाली सहायक कामदार छनोटका लागि आवेदन आह्वान गरिएको भन्ने खालका सूचना भाइरल बनेका छन् ।

तर, वैदेशिक रोजगार विभागका अनुसार यी सूचनाहरु भ्रमपूर्ण र झुठा सूचना हुन् । विभागले ति सूचना तथा विज्ञापनको विश्वास नगर्न आम सर्वसाधारणमा अनुरोध पनि गरेको छ । 

‘नेपाल सरकार र जर्मनी सरकारबीच भएको श्रम सम्झौताको हवाला दिई विभिन्न सेवा सुविधासहित आकर्षक तलब सम्बन्धी विषयहरु समावेश गरी वैदेशिक रोजगार विभागले जारी गर्ने सूचना जस्तै गरी जर्मनीमा नेपाली सहायक कामदार छनोटका लागि आवेदन आव्हान सम्बन्धी सामाजिक सञ्जालमा प्रसारण गरेको भ्रमपूर्ण विज्ञापन र सूचनाप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ’ विभागले भनेको छ, ‘सम्पूर्ण दाजुभाई दिदीबहीनीहरुलाई सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण सूचना र विज्ञापनमा विश्वास नगर्न विभाग हार्दिक अनुरोध गर्दछ ।’

विभागका अनुसार अहिलेसम्म सरकारले हालसम्म १११ वटा मुलुकहरुलाई वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा खुला गरेको छ । वैदेशिक रोजगार ऐन, २०६४ अनुसार नेपाल सरकारले हालसम्म १११ वटा मुलुकहरुलाई वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा खुला गरेको र व्यक्तिगत रुपमा नेपाली नागरिकहरु १७८ वटा गन्तव्य मुलुकहरुमा वैदेशिक रोजगारीका लागि गएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित