2026-10-15 01:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

चेक रिपब्लिक पठाईदिन्छु भनी करिब ४१ लाख रकम ठगी, दुई जना पक्राउ

असोज ४, काठमाडौँ | चेक रिपब्लिक पठाईदिन्छु भन्दै ठगेको आरोपमा दुई जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा  झापा गौरादह न.पा. वडा नं. ४ स्थाई घर भई हाल जिल्ला काठमाण्डौ वडा नं. १० नयाँबानेश्वर बस्ने बर्ष २५ को अमृत कार्की र वर्ष २६ को अशोक कार्की रहेका छन् । 

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले प्रहरी प्रभाग बुढानिलकण्ठको समन्वयमा बिहीबार झापा घर भइ नयाँबानेश्वर बस्ने अमृत कार्की र अशोक कार्कीलाई पक्राउ गरेको हो। उनीहरूविरुद्ध प्रतिव्यक्ति ८ लाखका दरले ४० लाख ८४ हजार रकम ठगेको उजुरी परेको थियो। उनीहरुले दाताराम भट्टराई समेत ५० जनालाई वैदेशिक रोजगारीको लागि चेक रिपब्लिक पठाईदिन्छु भनी रु. ४० लाख ८४ हजार रकम ठगी  गरेका थिए । 

ओरा करियर नामको कन्सल्टेन्सी खोलेर ठगी गरेको प्रहरीले जनाएको छ। चेक रिपल्बिक पठाएर मासिक १ लाख रुपैयाँ तलबमा काम लगाउने भनी प्रलोभनमा पारी रकम ठगीपश्चात् उनीहरू सम्पर्कविहीन भएको पीडितहरूले उजुरी दिएका थिए। पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहाचाल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित