2026-09-24 11:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

१४ म्यानपावर कम्पनी निलम्वित ! मुछिएका व्यवसायी भन्छन् ‘कर्मचारीको मिलिमतो छ !’

असोज १५, काठमाडौँ । वैदेशिक रोजगारमा जापान कामदार पठाउने प्रयोजनको लागि आवश्यक पर्ने जापानी भाषा तथा संस्कृति सम्बन्धि तालिमको नक्कली प्रमाणपत्र प्रकरणमा मुछिएका १४ म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार बिभागले निलम्बन गरेको छ । 

२४ म्यानपावर कम्पनीले जापान कामदार पठाउँदा नक्कली प्रमाणपत्र पेश गरेर श्रम स्वीकृत लिई कामदारहरु जापान पठाइएकोमा उक्त प्रमाणपत्र ‘संकास्पद’ भन्दै वैदेशिक रोजगार बिभागले १४ म्यानपावर कम्पनीहरुलाई निलम्बन गरेको हो । बिभागका अनुसार यो प्रकरणमा मुछिएका सबै म्यानपावर कम्पनीहरु छानवीनकै क्रममा छन् । यस क्रममा अनुसन्धान जारी रहेको बिभागले जनाएको छ । 

निलम्बनमा परेका म्यानपावर कम्पनीहरुलाई बिभागले बिभागमै उपस्थित गराई बयान तथा प्रारम्भिक अनुसन्धान समेत गरिसकेको छ । यस चरणमा अभियोग लागेका केहि म्यानपावर कम्पनिहरुलाई अभियोगमा चोख्याईदिने भन्दै केहि बिचौलियाहरुले प्रति म्यानपावर १५ लाख रकम समेत माग गरेको सम्बन्धित म्यानपावर व्यावसायीहरुले जानकारी दिएका छन् । यसै सम्बन्धमा जोडिएका केहि म्यानपावरहरुले बिभागको कर्मचारीको मिलिमतो बिना नक्कली प्रमाणपत्रको आधारमा जापान कामदार पठाउने प्रयोजनमा श्रम स्वीकृति लिन सम्भवनै नरहेको दावी गर्दै आएका छन् । यसै प्रकरणमा जोडिएका एक व्यवसायी भन्छन् ‘हामीलाई क-कसले जापानी भाषा परिक्षा पास गरे-गरेनन् कसरी थाहा हुन्छ ? जापान जान चाहनेले भाषा पास गरेको भन्दै प्रमाणपत्र ल्याउँछन् । त्यसैलाई हामीले श्रम स्वीकृतको लागि बिभाग पठाई श्रम स्वीकृति लिईदिने हो ।’ ति व्यवसायी अगाडी भन्छन् ‘भाषा परिक्षा पास गरे-नगरेको कागजात भेरिफाई गर्ने काम बिभागको हो ।’ ति व्यवसायीलाई ‘त्यसो भए बिभागबाट श्रम स्वीकृति दिने कर्मचारीको यो प्रकरणमा मिलोमतो छ ?’ भन्ने प्रश्नमा उनले कर्मचारीको मिलिमतो र सेटिङबिना नक्कली प्रमाणपत्रको आधारमा कामदारले श्रम स्वीकृतिनै नपाउने बताउँछन् । 

यसै सम्बन्धमा बैदेशिक रोजगार बिभागका महानिर्देशक मदन दाहालले यो प्रकरणको अनुसन्धान जारी रहेको जानकारी दिंदै कर्मचारीको मिलिमतोमा यस प्रकृतिको काम भएको भेटिए कर्मचारी पनि कारवाहीको भागिदार हुने बताएका छन् । यो प्रकरणमा दोषीलाई उन्मिक्ति दिन पैसाको चलखेल भईरहेको हल्ला म्यानपावर व्यवसायीमा चलेपनि वैदेशिक रोजगार बिभागका महानिर्देशक दाहालले अनुसन्धान जारी रहेको भन्दै यसको सत्यतथ्य सार्वजनिक गरेरै छाड्ने जानकारी मिडियाहरुलाई दिदै आएका थिए । यसै प्रतिबद्धता अनुरुपमा सोमबार बिभागले मन्त्रालयसँग छलफल लगत्तै जोडिएका म्यानपावरहरुलाई निलम्बनको निर्णय सहित थप अनुसन्धानको बिज्ञप्ति जारी गरेको हो ।

जापानी भाषाको नक्कली प्रमाणपत्र प्रकरणको अनुसन्धानको क्रममा १४ म्यानपावरलाई निलम्बन गरेको बिभागले यसै प्रकरणमा मुछिएका अरु म्यानपावरको नाम भने सार्वजनिक गरेको छैन । ति म्यानपावरहरुलाई पनि सोधपुछ भने जारी राखेको साथै बिभाग तानेर यस प्रकरणबारे अनुसन्धान गरिसकेको जानकारी पाइएको छ । यसै सम्बन्धमा बिभागले समेत आफ्नो बिज्ञप्तिलाई १४ म्यानपावरको संलग्नता पुष्टि भएको र थप म्यानपावरलाई अनुसन्धान गर्ने काम जारी रहेको उल्लेख गरेको छ । 

बिभागले अनुसन्धानपछि संलग्नता पुष्टि भएको भन्दै निलम्बन गरेको १४ म्यानपावरहरुमा गुड लाइफ इन्टरनेशलन इप्लोइमेन्ट एजेन्सी प्रालि, सत्यावाती ओभरसिज, डिएन इन्टरनेशनल नेपाल ओभरसिज इप्लोइमेन्ट एजेन्सी प्रालि, रोयल ओभरसिज नेपाल प्रालि, जब्स ग्लोबल कम इप्लोइमेन्ट सर्भिसेज प्रालि, लायन्स इन्टरनेसनल नेपाल प्रालि रहेका छन् । 

त्यस्तै भण्डारी ओभरसिज प्रालि, वल्ड फेभर ओभरसिज प्रालि, नाप इन्टरनेसनल प्रालि, मन्जुश्री ओभरसिज प्रालि, एएनएस एसोसियटस् प्रालि, क्यापिटल इन्टरनेशनल म्यानपावर प्रालि, ग्राण्ड सुइट जब प्रालि र अक्सन इन्टरनेसनल प्रालि पनि निलम्बनमा परेका छन् । 

निलम्बनमा परेसंगै यी म्यानपावरले निलम्बन फुकुवा नहुँदासम्म आफ्नो म्यानपावरबाट वैदेशिक रोजगारको आगामी प्रक्रिया प्रयोग गरेर कामदारहरु वैदेशिक रोजगारमा पठाउन सक्दैनन् । तर यी म्यानपावरबाट वैदेशिक रोजगारको लागि श्रम स्वीकृति पाईसकेकाहरु भने वैदेशिक रोजगारमा जानबाट बन्चित हुनेछैनन् । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो