2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कुवेतबाट रुँदै नेपाली चेलीको गुहार: साहुले मारेर नेपाल पठाउँछु भन्छ, मलाई उद्धार गर्नुहोस्

असोज १६, काठमाडौँ | घर परिवारलाई सुखसुविधामा राख्ने सपना बोकेर एक वर्षअघि कुवेत पुगेकी मकवानपुर हेटौंडाकी कविता तामाङलाई अहिले मर्नु न बाँच्नुको अवस्था आइलागेको छ ।

वैदेशिक रोजगारीका लागि विदेश जाने, धेरै पैसा कमाउने र परिवारलाई सुखसुविधा दिने सपना साँचेर धेरै नेपाली बिदेसिएका छन् । यस्तै मध्येकी एक हुन् उनी पनि । गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा त्यहाँ पुगेकी तामाङ अहिले २४ सै घण्टा काम गर्नुपर्दा अब परिवारको मुख देख्न पाउँदिन कि भन्ने चिन्तामा छिन् । अनु नाम गरेकी एजेन्टमार्फत त्यहाँ पुगेकी उनी अहिले हरेक दिनको मालिकको तनावले विक्षिप्त छिन् ।


‘यहाँ मलाई साहुले गाली गर्छ, थर्काउँछ, कुट्छ, मलाई मारेर मेरो शव नेपाल पठाइदिन्छु भन्छ, कहिले तँलाई जेल हालिदिन्छु भन्छ,’ कविताले रुँदै भनिन्, ‘अब म यहाँ बस्दिनँ नेपाल जान्छुभन्दा तँलाई १ हजार कुवेती दिनारमा किनेको हो, पैसा दे जा भन्छ, अब मसँग पैसा छैन के गर्ने, कहाँबाट ल्याएर दिने ?’

आफू एक वर्षदेखि कुवेतमा रहेको र यस घरमा काम गरेको नौ महिना भएको भन्दै उनले हरेक दिन २२/२४ घण्टा काम गर्न पर्ने र बिरामी छु, सक्दिनँभन्दा पनि जबर्जस्ती काममा लगाउने गरेको बताइन् । उनले भनिन्, ‘न खाना खाने नै समय दिन्छ, ५ मिनेट जति आराम गर्न गयो भने आइज आइज भनि हाल्छ ।’

‘यहाँ बिरामी हुँदा पनि औषधि उपचार पाइँदैन, पठाउने एजेन्टलाई नेपाल सम्पर्क गर्दा सम्पर्क नै हुँदैन, मलाई पठाउने एजेन्ट पनि ओमान छ रे भन्ने सुनेको छु, पुरानो नम्बरमा सम्पर्क हुँदैन, मलाई यहाँबाट चाँडो उद्धार गर्नुहोस्,’ उनले थपिन्, ‘भागेर कुवेतस्थित नेपाली दूतावास जाऊँ भन्दा पनि दूतावासको मान्छेले हेर्दैन भन्छन् । जसोतसो भागेर त दूतावास गइएला फेरि मालिकले केस हालिदियो भने झन् समस्या हुन्छ, नत्र त भागेर भए पनि जान्थें, घरमालिक कुवेतको प्रहरी हो, हेरुम अब कहिलेसम्ममा नेपाल फर्किन पाइने हो । मलाई सबै जना मिलेर यो घरबाट निकालेर नेपाल फर्काउन मद्दत गर्नुहोस् ।’

उनले आफूले सो घरमा काम गर्न नसक्ने भनेर पटकपटक कुवेतमै रहेको नेपाली एजेन्टलाई सम्पर्क गर्दा पनि फोन नउठाउने गरेको र त्यसपछि नेपालमा रहेका श्रीमानलाई नम्बर दिएको बताइन् । ‘नेपालबाट सम्पर्क गर्दा पनि एजेन्टले उठाएन रे, त्यसैले म अहिले मानसिक रूपमा निकै विक्षिप्त बनेको छु,’ उनले भनिन् ।

उनले आफूलाई सो घरबाट तत्काल उद्धार गरेर नेपाल फर्काउन पहल गर्न कुवेतमा क्रियाशील विभिन्न संघसंस्था तथा विभिन्न सामाजिक अभियन्तालाई अपिल गरेकी छन् ।

मुख्यगरी, घरेलु महिला कामदारको रोजाइ बनेको कुवेतमा अन्य क्षेत्रमा आउने कामदारले समेत निकै दुःख भोग्नुपरेको छ । कतिपय नेपालीले कुवेतमै आफ्नो जीवन गुमाइसकेका छन् । परिवार र सरोकारवालाले खोजे पनि सास न लास भएर कुवेतमै बेपत्ता हुने नेपाली धेरै छन् ।

कतिपय नेपालीलाई कुवेत ल्याएर साउदी अरब पठाइने गरेकाले पनि उनीहरूको अवस्था पत्तो नलाग्ने गरेको छ । हाल उद्धारका लागि हारगुहार गरिरहेकी तामाङलाई पनि १ हजार केडीमा कुवेती नागरिकको घरमा बेचिएको हो ।

कुवेतमा नेपाली महिलालाई कानुनी रूपमा किनबेच हुने गरेको र पटकपटक किनबेच गर्न महिलालाई काम गरिराखेको घरबाट भगाउने प्रवृत्ति व्यापक रहेको पाइन्छ । त्यसरी मालिकले दुई वर्षका लागि हाउसमेडलाई लैजान्छन् । त्यस अवस्थामा कामदारको कार्य समय निश्चित हुँदैन ।

त्यसो त कुवेतमा बिदा र तलबका साथै समयमै घर फिर्न नपाउने अवस्था छ । घरेलु कामदारको मुद्दा आफूसँग ५ सयमाथि रहेको विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष धिरेन सुवेदी बताउँछन् । उद्धारका लागि भन्दै दैनिक १०/१५ जनाको फोन आउने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु