2026-10-15 01:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेसियामा खोसिँदैछ नेपालीको रोजिरोटी!

असोज ३०, काठमाडौँ | अहिले रोजगारीका लागि मलेसिया गएका युवाहरू समस्यामा पर्ने क्रम बढेको छ। मलेसिया पुगेका धेरै नेपालीहरुको काम नपाएको गुनासो छ।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीले रोजगारीका लागि मलेसिया गएकाहरूले विभिन्न समस्या भोग्नुपरेका गुनासा तथा उजुरीहरू बढेको बताएका छन् ।

सर्लाही लालबन्दी १ का चित्रनारायण मलेसिया रोजगारीका लागि पुगेको आठ महिना भयो। उनले त्यहाँ नियमित काम पाउन सकेका छैनन्।

महिनामा मुस्किलले ३/४ दिन मात्रै काम पाउने र बाँकी दिन बेरोजगारी बस्नुपरेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको छ।

उनीसँगै पुगेका सर्लाहीकै दिनेश चौधरी, शुभनारायण प्रसाद सिंह र सुनिल महतोले पनि काम नपाएको गुनासो छ।

उनीहरू मलेसियामा कार्गो ह्यान्डलिङ लेबर कामका लागि गएका हुन्। सोसल इप्लोयमेन्ट सर्भिस प्रालि नामक म्यानपावरलाई प्रतिव्यक्ति दुई लाख ३० हजार रूपैयाँ बुझाएर गएका उनीहरूलाई त्यहाँ मसिक १५०० मलेसियन रिंगिट कमाइ हुने सुनाइएको थियो।

‘दुई महिनादेखि केही काम दिएको छैन। खान पनि समस्या छ,’ वैदेशिक रोजगार विभागमा परेको उजुरीमा भनिएको छ।

विभागमा भेटिएका उनीहरूका आफन्त गंगाप्रसाद महतोले उनीहरूले खान पनि राम्रोसँग नपाएका कारण नेपाल फर्काउन म्यानपावरलाई आग्रह गरेको बताए।

‘म्यानपावरले फर्काइदिन्छु भनेको छ। तर अब फर्किँदा आफैं टिकट खर्च बेहोर्नुपर्ने रे। ऋण गरेर दुई लाख ३० हजार बुझाएको रकम पनि माटोमै मिल्ने भयो,’ उनले भने।

समस्यामा पर्ने उनीहरू मात्रै होइनन्। पछिल्लो समय मलेसिया रोजगारीका लागि पुगेका थुप्रै युवाहरू कामबिहीन बनिरहेका छन्।

रामेछापका छत्रबहादुर बस्नेतको कथा पनि उस्तै छ। उनी मलेसिया पुगेको नौ महिना भयो। उनले क्लिनर कामका लागि गोरखा म्यानपावर कम्पनीलाई दुई लाख ५० हजार रूपैयाँ बुझाएको बताए।

मलेसिया पुगेपछि सुरूको ६ महिना नियमित काम पाए। आधारभूत तलब १५०० रिंगिट थियो। ओभर टाइम खट्दा तीन हजार रिंगिटसम्म कमाइ भइरहेको थियो। तर पछिल्लो तीन महिनादेखि उनी कामबिहीन बनेका हुन्।

अहिले मलेसियाको पेनाङमा उनीसहित विभिन्न म्यानपावर कम्पनीमार्फत् पुगेका ८ जना कामबिहीन भएर बस्नुपरेको गुनासो छ।

‘कम्पनीले काम लगाइदिन्छु भन्छ न काम दिन्छ। न खानेकुरा, घरबाट पैसा मगाएर खानु परेको छ,’ उनीहरू भन्छन्।

विश्वबजारमा देखिएको आर्थिक मन्दीले गर्दा मलेसियामा आप्रवासी श्रमिकहरूले काम नपाउने समस्या बढ्न थालेको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन्। मलेसियाका विभिन्न कम्पनीले उत्पादन गरेको सामग्रीको माग घटिरहेका कारण पनि कतिपय कम्पनी श्रमिक कटौती गर्नुपर्ने अवस्थामा पुगेको उनीहरूको भनाइ छ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी मलेसियाका क्लिनिङ तथा सेवा लगायत धेरैजसो कम्पनीमा काम नपाउने समस्या देखिएको बताउँछन्।

‘सामान्य अवस्थामा पनि त्यहाँका केही सप्लाई कम्पनीमा समस्या थियो। अहिले आर्थिक मन्दीले गर्दा प्रत्यक्ष कम्पनीहरूमा जाँदा पनि श्रमिकहरूले काम नपाएको गुनासो छ,’ उनले भने।

कम्पनीको मागको आधारमा श्रमिक पठाउँदा पनि समस्या देखिएको उनको भनाइ छ।

नेपाल र मलेसियाबीच २०७५ सालमा शून्य लागतमा श्रमिक लैजाने गरी श्रम सम्झौता भएको छ। तर यो सम्झौता कार्यान्वयनमा आउन सकेको छैन। अहिले पनि लाखौं बुझाएर श्रमिकहरू त्यहाँ पुगिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित