2026-10-15 01:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

भर्खरै क्यानडा गएका आप्रवासीहरू सोचेजस्तो नभएपछि छिटो-छिटो त्यहाँबाट बाहिरिदै

कात्तिक १६, (एजेन्सी) टोरन्टो । भर्खरै क्यानडा गएका आप्रवासीहरू छिटो-छिटो त्यहाँबाट बाहिरिइरहेका छन् । हालै सार्वजनिक भएको एउटा अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । विदेशीहरूलाई ल्याएर आर्थिक वृद्धिदर उकास्ने सरकारी नीतिमा यो प्रवृत्ति ठुलो खतराको रूपमा मडारिरहेको स्पष्ट देखिन्छ । 

सन् १९८० को दशकदेखि नै क्यानडा छाड्ने आप्रवासीहरूको सङ्ख्या बढ्दो छ । हालैका वर्षमा यो दर झनै बढेको छ । यसले नवआगन्तुकहरूले क्यानडा बसाई सरेर आउनुको फाइदा नदेखेको सङ्केत गरेको इन्स्टिच्युट फर क्यानेडियन सिटिजनशिप र कन्फ्रेन्स बोर्ड अफ क्यानडाले आप्रवासीबारे गरेको एउटा अध्ययनले देखाएको हो । मंगलबार सार्वजनिक भएको उक्त प्रतिवेदनले नवआगन्तुक आप्रवासीहरूको आशा र अपेक्षा पूरा गर्न क्यानडाले नसक्दा उत्पन्न हुन सक्ने जोखिमबारे उजागर गरेको छ । 

अहिले क्यानडामा घर छोइनसक्नु भएको छ, सहज रूपमा घर किन्न सक्ने अवस्था छैन । यस्तै स्वास्थ्य हेरचाह प्रणाली समस्याग्रस्त छ । अल्प रोजगारीलगायत समस्या पनि छन् । यस्तोमा आप्रवासीहरूबिच क्यानडा बसाइँप्रति देखिएको मोहभंगले जनसङ्ख्या वृद्धिमा एक पछि अर्को गर्दै बर्सेनि रेकर्ड बनाइरहेको देशमा स्थिति उल्टिन सक्ने चिन्ता बढाएको छ । प्रतिवेदन क्यानडाको बृहत्तर समाज र उसले नियन्त्रण गर्नै नसक्ने असफलताको झल्को भएको इन्स्टिच्युट फर क्यानेडियन सिटिजनशिपका प्रमुख कार्यकारी अधिकारी ड्यानियल बर्नहार्ड भन्छन् । आप्रवासीहरूले ‘भयो बस्दिन’ भन्दै क्यानडा छाडेर हिँडिरहनु क्यानडाको समृद्धिमै वास्तविक अस्तित्वको खतरा भएको बर्नहार्डको भनाइ छ । आफूहरू जाग्न अनि आप्रवासीहरूलाई टिकाइराख्न पहल गर्न जरुरी भएको उनको भनाइ छ । यस्तैगरी आप्रवासीहरु बाहिरिन थाले भने क्यानडा ठुलो समस्यामा फस्नेमा पनि उनले जोड दिएका थिए ।

वृद्ध जनसङ्ख्या बढ्दै गएर काम गर्ने उमेर समूहको जनसङ्ख्या खुम्चिन थालेपछि प्रधानमन्त्री जष्टिन ट्रुडोको सरकारले आवश्यक कर्मचारीको पूर्ति गर्न आप्रवासनको सहारा लिइरहेको छ । विदेशीहरूको आगमन बढ्न थालेपछि क्यानडामा हालैका वर्षमा जनसङ्ख्या पनि बढेको छ । तर सरकारको यो नीतिले घर अभावको विद्यमान समस्या झनै बढाएको अनि पूर्वाधार र स्वास्थ्य हेरचाह जस्ता सेवामा चाप बढाएको भन्दै सरकारको चर्को आलोचना पनि भइरहेको छ ।

प्रतिवेदनका अनुसार सन् २०१७ र सन् २०१९ मा क्यानडा छाडेर जाने आप्रवासीको वार्षिक दर बढेको देखाएको छ । ती दुई वर्षमा यो सङ्ख्या क्रमशः १ दशमलव १ प्रतिशत र १ दशमलव १८ प्रतिशत थियो । यो भनेको २० वर्षयताकै उच्च हो । सन् १९८२ पछि बर्सेनि क्यानडाले स्थायी बसोबास अनुमति दिएको औसत शून्य दशमलव ९ प्रतिशत मानिस पलायन भएको देखिन्छ । यो सङ्ख्या अहिले झट्ट हेर्दा धेरै होइन तर समय बढ्दै जाँदा यो सङ्ख्या बढेर २० प्रतिशतमाथि उक्लिने अनुमान गरिएको छ ।

क्यानडामा आप्रवासी कामदारहरूको सङ्ख्या उच्च भएको चिन्तामा आप्रवासन नीतिप्रति आम क्यानडाली नागरिकको समर्थन घटेको यही हप्ताको सुरुमा सार्वजनिक भएको एउटा सर्वेक्षणको प्रतिवेदनले देखाएको थियो ।

उता, नव आगन्तुकहरू क्यानडामा आफ्नो जिन्दगीप्रति खुसी छैनन् । अहिले विश्वभर नै विकसित देशबिच दक्ष कामदारलाई कसले तान्ने होड चलिरहेको छ । क्यानडामा बसाइँप्रति आप्रवासीहरूमा देखिएको निरुत्साहले क्यानडामा पिआर लिएर बस्न खोज्ने आप्रवासीको सङ्ख्या घटाउने देखिन्छ । सन् २००१ देखि सन् २०२१ को बिचमा क्यानडामा आएको १० वर्षभित्र नागरिकता लिने स्थायी बासिन्दाको अनुपात ४० प्रतिशतले घटेको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित