2026-10-15 01:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

भिजिट भिसा: चार कन्सल्टेन्सी संचालक सहित १३ जना पक्राउ, ७ बर्ष जेल हुनसक्ने

कात्तिक २१, काठमाडौँ । नक्कली भिजिट भिसामा पठाउने प्रकरणमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने चारैजना फरक कन्सल्टेन्सीका सन्चालक हुन् । आइतबार पक्राउ परेका चार जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ए.सि.ई. कन्सल्टेन्सीका सञ्चालक ३७ वर्षीय अनिष अमात्य, नुवाकोट सूर्यगढी नगरपालिका–३ घर भइ हाल ललितपुर इमाडोलमा रहेको प्रगति विद्याश्रम कन्सल्टेन्सीका सञ्चालक ४५ वर्षीय गोपाल रिमाल, धादिङ बेनिघाट रोराङ गाउँपालिका–२ घर भइ हाल काठमाडौं नयाँबजार बस्ने निप्पोन कन्सल्ट्यान्सीका सञ्चालक ३२ वर्षीय पशुपति मैनाली र भद्रपुर नगरपालिका–१० घर भइ काठमाडौं बुढानीलकण्ठ बस्ने एस टु अब्रोड कन्सल्टेन्सीका सञ्चालक ३२ वर्षीय सागर चापागाईं रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार भिजिट भिसामा विभिन्न देशमा पठाइदिने भन्दै नक्कली कागजातहरु बनाउने कार्यमा संलग्न बलबहादुर रावतसमेत चार जनालाई कात्तिक १८ गते पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएकामा उक्त कार्यमा चापागाईंलगायतका व्यक्तिहरुको समेत संलग्नता रहेको हुन सक्ने देखिएकाले उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई विभिन्न व्यक्तिका नामको नक्कली शैक्षिक प्रमाणपत्र, विभिन्न सरकारी कार्यालयका होलो ग्राम, ल्यापटप, प्रिन्टर र सरकारी कार्यालयको दुई सय ३० वटा छापसहित काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरीएको हो । पक्राउ परेकाहरूलाई लिखतसम्बन्धी कसुरको मुद्दामा आवश्यक अनुसन्धान भइरहेको छ । अभियोग पुष्टि भएमा उनीहरूलाई सात वर्षसम्म कैद सजाय र जरिवाना हुने व्यवस्था रहेको छ ।

आइतबार मात्रै भिजिट भिसा प्रकरणमा संलग्न भएको अभियोगमा प्रहरीले नवलपुर मध्यविन्दु नगरपालिका–५ घर भएका ४५ वर्षीय जयराम श्रेष्ठ, गोर्खा सिरन चोक गाउँपालिका–८ घर भई हाल टोखा बस्ने ३४ बर्षीय भक्तबहादुर थापा, काठमाडौं महानगरपालिका–१ नक्साल बस्ने ३८ वर्षीय दीपक केसी र सल्यान रामपुर कालीमाटी गाउँपालिका–३ घर भइ हाल काठमाडौं नागार्जुन नगरपालिका–इचंगुनारायण बस्ने ४२ वर्षीय बलबहादुर रावतलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । त्यस्तै पक्राउ पर्नेहरुमा गोर्खा बारपाकका विपिन ढकाल, गोर्खाकै अजित फेवाली, उदयपुर बेलकाका आशिष श्रेष्ठ, काभ्रेपलाञ्चोकका जीवनराम तामाङ र काठमाडौंका साईरस विशंखे रहेका छन् ।

उनीहरूबाट राहदानीसहितका १ हजार ३२ थान नक्कली कागजात, नक्कली बैंक स्टेटमेण्ट १३९ थान, नक्कली नाता प्रमाणित १५ थान, नक्कली प्रहरी रिपोर्ट २५ थान, ४० वटा नक्कली श्रम स्वीकृति, १३ वटा कोभिड–१९ को नक्कली क्युआर कोड, १२ कक्षाको नक्कली सर्टिफिकेट ६१ वटा, एसएलसीको नक्कली सर्टिफिकेट ३ वटा बरामद भएको प्रहरीले बताएको छ । उनीहरूले हजारौं व्यक्तिलाई नक्कली कागजात बेचेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित