2026-10-15 01:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

फिस्टेल ओभरसिस मार्फत ५ महिना युएईमा अलपत्र युवाहरु नेपाल फर्किएर सिधै बिभाग पुगे (भिडियो रिपोर्ट)

मङ्सिर २२, काठमाडौँ । काठमाडौँ सामाखुसीमा रहेको फिस्टेल ओभरसीस प्रालि मार्फत मासिक १ लाख भन्दा बढी तलब हुन्छ भन्दै युएई गएका युवाहरु अलपत्र परे । पाँच महिना अघि युएई पुर्याईएका युवाहरु कम्पनी समेत देख्न नपाई आफ्नै खर्चमा बिहिबार नेपाल फर्किएका छन् । 

समस्यामा परेका सात जना मध्ये चार जना युवाहरु बिहिबार बिहान नेपाल आईपुगेका छन् । अलपत्र परेका तीन जना युवाहरु भने ‘ओभरस्टे’ को समस्याका कारण कहिले नेपाल फर्किन्छन् निश्चित छैन । नेपाल फिर्ता भएका युवाहरु नेपाल आएलगत्तै लगेजनै बोकेर ताहाचल स्थित वैदेशिक रोजगार बिभागमा उजुरी दिन पुगेका छन् । 

पीडित युवाहरुले प्रतिव्यक्ति ६ लाख तिरेर युएई रोजगारमा गएको बताएका छन् । उक्त म्यानपावरले समस्यामा पारेको ७ जना मात्र भने होइनन् सोहि म्यानपावरले बिदेशनै नपठाई नेपालमा ८ जनालाई पनि चर्को लागत अग्रिम अशुली गरेर ठगि गरेको पाइएको छ । 

युएईमा एजेन्टको झोलामा रहेको कम्पनीमा ‘ड्राइभर’ पदमा लागिएको तर पुगेपछि कम्पनी समेत नदेखाई एजेन्टको जिम्मा लगाइएको समस्यामा परेका युवाहरुले बताएका छन् ।युएईबाट अलपत्र भई नेपाल फर्किएका युवाहरुलाई लिन नेपालमै सोहि म्यानपावरबाट ठगिएका युवाहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पुगेका थिए । 

समस्यामा परेका युवाहरु विमानस्थलबाट सिधै ताहचाल स्थित वैदेशिक रोजगार बिभागमा उजुरी दिन पुगेका छन् । उनिहरुले वैदेशिक रोजगार बिभागका निर्देशक लोकनाथ भुषाललाई भेटेका छन् । भेटपछि भुषालले पीडितहरुको समस्याबारे आफूले युएई स्थित नेपाली दुतावासको पत्र प्राप्त भईसकेको भन्दै सम्बन्धित म्यानपावरमाथि कारवाहीको प्रक्रिया अघि बढाईसकिएको जानकारी दिएका छन् । उनले युवाहरुले तिरेको लागत, बिदेशमा जति बसेको छ त्यसै अनुसार सम्झौता बमोजिमको तलब दिलाउने, नेपाल फर्किएको टिकट खर्च समेत फिर्ता गराउने र सम्बन्धित म्यानपावरलाई कारवाही गर्न बिभाग तत्पर रहेको जानकारी दिएका छन् ।   

यसै समन्धमा पुरा भिडियो रिपोर्ट तल हेर्न सक्नुहुनेछ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित