2026-07-04 08:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारमा जानेहरुले लिनपर्ने अभिमुखिकरण तालिम शुल्क ७०० बाट बढाएर २१०० पुर्याईयो

अनिल अधिकारी । पुस १, काठमाडौँ । वैदेशिक रोजगारमा जाने युवाहरुले लिनपर्ने अभिमुखिकरण तालिम शुल्क सात सय बाट बढाएर दुई हजार एक सय पुर्याईएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले अभिमुखिकरण तालिम शुल्क बढाईएको पुष्टि गरे । 


आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहभाहलमा आयोजित कार्यक्रममा सचिव भण्डारीले वैदेशिक रोजगार अभिमुखिकरण तालिम निर्देशक परिवर्तन गरि रेटिना प्रणालीबाट अभिमुखिकरण तालिम लिए/नलिएको प्रमाणित गर्ने गरि व्यवस्था मिलाउन निर्देशन दिएको जानकारी दिए । उनले अभिमुखिकरण तालिम प्रदायकहरुले रु ७०० मा अभिमुखिकरण तालिम प्रदान गर्न सम्भव नदेखेको कारण शुल्क बढाईएको बताए । शुल्क बढाएपछि तालिम लिने अवधि समेत दुई दिनबाट बढाएर तीन दिन बनाइएको छ । 

सचिव भण्डारीले बैदेशिक रोजगार वोर्ड मार्फत PDOT एप बनाउने जानकारी दिए । उक्त एपबाटै अभिमुखिकरण लिन सक्ने गरि व्यवस्था मिलाउन लागिएको उनले जानकारी दिए । पछिल्लो समय वैदेशिक रोजगार अभिमुखिकरण तालिमको प्रमाणपत्रको विषयलाई लिएर निकै आलोचना हुने गरेको छ । तालिम प्रदायक व्यवसायीहरुले तालिम नै नदिई प्रमाणपत्र बेच्ने गरेको, सेटिङमा अभिमुखिकरण तालिमको प्रमाणपत्र दिने गरिएको, म्यानपावरहरु आफैलेले एक हजारदेखि दुई हजारमा अभिमुखिकरण तालिम दिने संस्थाहरुबाट सेटिङ मिलाएर अभिमुखिकरण तालिमको प्रमाणपत्र कामदारलाई दिने गरेको अवस्था छ । त्यसो त संस्थानै नखोली झोलामै रहेका संस्थाले समेत तालिम दिएको प्रमाणपत्र जारी गर्दै आएको पाइएको अवस्था छ । यो बेथिति बढ्नुमा मन्त्रालय र वैदेशिक रोजगार बिभागकै लापरवाही र मिलिमतो रहेको आरोप छ । पछिल्लो केहि समय यता आर्थिक चलखेलमा परि मन्त्रालयले शुल्क वृद्धि गर्न लागेको कुरा सुनिदै आएको कुरा हो । 

 अभिमुखिकरण तालिम प्रदायकहरुको वर्तमान समस्याग्रस्त अवस्था आफूलाई पनि जानकारी रहेको भन्दै सचिव भण्डारीले अब उही बेथिति दोहोर्याउने संस्थाहरुलाई खारेज गर्ने चेतावनी दिए । उनले आगामी पुस १९ गतेबाट नयाँ निर्देशिका अनुसार चल्नपर्ने बताए । 

नयाँ निर्देशिकामा के छ भन्ने सम्बन्धमा हालसम्म श्रम मन्त्रालयले भने कुनै आधिकारिक सूचना संचार माध्यमहरुलाई जानकारी दिएको छैन । अभिमुखिकरण तालिम प्रदायकहरुलाई भने वैदेशिक रोजगार बिभागले प्रत्यक प्रशिक्षण कक्षामा ८४ इन्चको दुई वटा स्मार्ट बोर्ड, कम्प्युटर प्रिन्टर र बिभागको FEIMS प्रणालीसँग मेल खाने आइरिस रेटिना हाजिर मेसिन अनिवार्य हुनुपर्ने लगायतको विषय उल्लेख गर्दै निर्देशन जारी गरेको छ । 

यसै बिषयमा एक व्यवसायी भन्छन् 'यो नयाँ व्यवहारमै लागू भए ठीकै हो तर क्रमश उही बेथितिको बाटोमा जान्छ भन्नेमा शंका छ । इमान्दार भएर तालिम दिएर पठाउन नसके अब यसको अस्तिव छैन । श्रमिक माथि यो ठूलो ठगि हुन्छ ।'

ति व्यवसायी एकदुई जना इमान्दार व्यवसायीको प्रयासले अभिमुखिकरण तालिम प्रदायकहरु नसुध्रिने दावी गर्छन् । उनले मिडिया र सरकारी निकायले नियमित अनुगमन नगर्ने हो भने उही पुरानै बेथिति दोहोरिने दावी गरे । अभिमुखिकरण तालिम प्रदायकहरुले अभिमुखिकरण तालिममा सहभागी नै नगराई वैदेशिक रोजगारमा कामदार पठाउँदा कामदारहरुले नेपालमै पनि ठगिएको, सम्बन्धित देशमा बिभिन्न समस्या भोगेको लगायत समस्या छ । 


सोमबारदेखि आप्रवासी दिवस मनाइदै 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबारदेखि ६ दिनसम्म अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउने भएको छ । डिसेम्बर १८ अर्थात आप्रवासी दिवसको दिनदेखि ६ दिनसम्म विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइने जानकारी मन्त्रालयले दिएको हो । 

मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले आप्रवासीहरूको योगदानको कदर गर्ने र उनीहरूको अधिकारको रक्षा गर्न विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागिएको जानकारी दिए । यस अन्तर्गतका कार्यक्रमहरुमा सोमबार विभिन्न सरोकारवाला क्षेत्रका प्रतिनिधिसहितको प्रभातफेरी हुँदैछ । बाँकी ५ दिनको कार्यक्रमहरुमा बिबिध आप्रवासी सम्बन्धित सचेतना मूलक कार्यक्रम, सुरक्षित रोजगारी अभ्यास प्रवर्द्धन, काम गर्ने घण्टाको वकालत र आप्रवासी कामदारहरूको लागि सीप विकासलाई प्रोत्साहित गर्न केन्द्रित भएर कार्यक्रम हुनेछन् ।

आइतबार भएको पत्रकार सम्मेलनमा वैदेशिक रोजगारमा जाने युवाहरुलाई सिप लिएर जाँदा रोजगारमा सुरक्षित हुने भन्दै सचिव भण्डारीले सीप तालिम दिने छुट्टै संयन्त्र खडा गरि कार्यकारी अधिकृत नियुक्त गर्न लागिएको जानकारी दिए । साथै वैदेशिक रोजगारको अनलाइन प्रणालीमा सिप/तालिमलाई पनि जोड्ने तयारी भईरहेको जानकारी दिए । 

सचिव भण्डारीले खाडी लगायत विभिन्न मुलुकहरूमा फ्रि भिसा फ्रि टिकटमा नेपाली श्रमिकहरू पठाउन नसकिने बताए । उनले श्रमिकहरूको एक महिनाको पारिश्रमिक बराबर सेवा शुल्क म्यानपावरले लिन पाउने गरी मन्त्रालयले निर्णय लिन छलफल गरिरहेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै