2026-10-15 12:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

युद्धग्रस्त रुस र युक्रेनको श्रम स्वीकृतिमा बन्देज

पुस २२, काठमाडौँ | युद्धग्रस्त रुस र युक्रेन दुवै देशलाई सरकारले श्रम स्वीकृतिमा रोक लगाएको छ। यसअघि वैदेशिक रोजगार विभागले रुस र युक्रेनका लागि श्रम स्वीकृति दिंदै आएको थियो। सरकारले यी दुवै देशका लागि अब अर्को सूचना नभएसम्म संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति रोकेको हो।

देशमा रोजगार नपाएका युवा विदेशी सेनामा पाए पनि जान नेपाली तयार छन्। त्यति मात्र होइन, देशमा जस्तोसुकै काम भए पनि छोडेर जाने प्रवृत्ति देखिएको छ। यसै क्रममा नेपाली युवाहरू अवैध रूपमा रुसी सेनामा भर्ना भएपछि सरकारले श्रम स्वीकृति रोकेको हो।

‘वैदेशिक रोजगार विभागले रुस र युक्रेनबिच युद्ध भइरहेकाले तत्कालका लागि श्रम स्वीकृति दिन रोक लगाएको हो,’ वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीले भने, ‘पछिल्लो वर्ष युक्रेनमा भने संस्थागत रूपमा श्रम स्वीकृति लिएर गएका छैनन्। तर, पनि युक्रेननमा केही नेपाली रहेको तथ्य भेटिएकाले सिधै युक्रेनका लागि श्रम लिएर नगए पनि अर्को देशलाई ट्रान्जिट बनाएर युक्रेनमा पुग्ने गरेका देखियो।’

उनले भने, ‘यसरी युवाहरू अन्य देश हुँदै वैदेशिक रोजगारीको खोजीमा रुसी सेनामा भर्ती भई रुस र युक्रेनबिच भएको युद्धमा अकालमै ज्यान गुमाउनुपरेको हुदाँ यी दुई देशमा श्रम स्वीकृति दिनमा बन्देज लगाएको हो।’

पछिल्लो समय रुस–युक्रेनबिचको युद्धमा रुसी फौजमा भर्ना भएका नेपालीको ज्यान गएको खबर आइरहेको छ। विभागका अनुसार रुसी फौजमा भर्ना भएका दश नेपालीको ज्यान गएको पुष्टि भइसकेको छ। ती देशमा एक सय नेपाली नागरिक सम्पर्कविहीन रहेका परराष्ट्र मन्त्रालयले यसअघि नै जानकारी गराएको छ।

‘नेपाली युवालाई भारत र युएईको बाटो हुँदै रुस पुग्ने गरेका छन्। उनीहरूलाई सेनामै लगिएको भन्ने देखिंदैन तर जानेहरूलाई सेनामै जाँदै छु भन्ने जानकारी भएकै हुन्छ,’ एक सरकारी अधिकारीले भने।

‘नेपाली भन्नेबित्तिकै वीर गोर्खाली भनेर संसारभर परिचय छ। सेनामा नेपाली युवालाई भर्ना लिने कारण यो पनि हो,’ उनले भने, ‘आँटिलो र साहसी नेपाली भएकैले सेनामा भर्ती लिने गरेको हो। रुसी सेनामै भर्ती हुने नेपाली युवालाई ३ लाखभन्दा बढी रूपैयाँ मासिक तलब हुने खुल्न आएको अधिकारीले बताए।

त्यस्तै २०७८ फागुन १२ देखि रुस र युक्रेनबीच युद्ध सुरु भएपछि रुसी सेनामा भर्ना भएका १० नेपालीको मृत्यु भइसकेको छ भने एकजना नेपाली युवा युक्रेनमा बन्धक छन्। परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भर्ना भएका विवेक खत्री हाल युक्रेनमा बन्दी अवस्थामा छन्। यसरी वैदेशिक रोजगारीमा खट्किएका नेपाली युवा रुसी सेनामा भर्ना हुन् लालायित रहेको र राज्यले युवालाई भरपर्दो रोजगारी दिन नसक्दा यस्ता समस्या आइरहेको अधकारीहरू बताउँछन्।

विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा रुसमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर ३ सय ८६ जना नेपाली त्यहाँ पुगेको देखिन्छ। जसमध्ये श्रम स्वीकृति लिनेमा १६ महिला छन्। यो तथ्यांकले उक्त वर्ष युक्रेन जानेको संख्या शून्य देखिन्छ।

चालु आर्थिक वर्षमा रुस जाने नेपाली युवाको संख्या ह्वात्तै बढ्नुको कारण जोखिम भए पनि रोजगारीको खोजी हो।  

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० बीच ७ सय ४४ नेपाली श्रम स्वीकृति लिई रुस पुगेका छन्। चालु आव सुरु भएसँगै रुस जाने युवाको संख्या अझै बढेको छ। पाँच वर्षमा रुस गएको संख्याभन्दा बढी गत वैशाखदेखि मंसिरसम्ममा पुगेको छ। यसबीच श्रम स्वीकृत लिएर ५ सय ७३ जना स पुगेका हुन्। अध्ययन, भ्रमण, रोजगारी र अन्य उद्देश्यले नेपाली युवा रुस पुगेका हुन्।

रुसमा पढ्न र रोजगारीका लागि नेपाली युवा रुस–युक्रेन युद्ध सुरु हुनुभन्दा अघिबाटै जाने गरेका थिए। युद्ध सुरु भएपछि झन् धेरै रुस जाने क्रम बढेको विभागको तथ्याकंले देखाएको छ।

वैदेशिक रोगजार विभागको तथ्यांकअनुसार यो वर्ष वैशाखमा १७ जनाले मात्रै रुसमा काम गर्न श्रमस्वीकृति लिएका थिए। तर, त्यो संख्या जेठमा आइपुग्दा ह्वात्तै बढेर १ सय ७९ पुगेको देखिन्छ। जेठको सुरुमा रुसी राष्ट्रपतिले त्यहाँको सेनामा एक वर्ष काम गर्ने विदेशी नागरिकलाई आफ्नो देशमा स्थायी बसोबास अनुमति दिने योजना ल्याएको विवरण प्रकाशित भएको थियो। त्यसपछि जेठमा १ सय ७९ जना नेपाली नागरिक रुस गएको देखिन्छ।

साथै असारमा ३३, साउनमा ५३, भदौमा १ सय ६१, असोजमा ४७, कात्तिकमा ४३ र मंसिरमा ४० जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित