2026-09-24 11:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

रोजगारीका लागि अमेरिका, टर्की र पोर्चुगल पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने तीनजना पक्राउ

पुस २५, काठमाडौँ | वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले तीनजनलाई पक्राउ गरेको छ , पक्राउ पर्नेमा ३४ वर्षीया बेन्जु महत, २६ वर्षीय महेश तामाङ र ४८ वर्षीया उर्मिला चेम्जोङ रहेका छन् ।

काठमाडौँ बुढानीलकण्ठ घर भएकी बेन्जु महतले अमर बहादुर पुनलाई अमेरिकामा प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भन्दै २३ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेकी थिइन् । उनलाई पुस २४ गते बुढानीलकण्ठबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

त्यस्तै, नवलपरासी बर्दघाट नगरपालिका–१५ घर भएका महेश तामाङले वैदेशिक रोजगारीमा टर्की पठाइदिन्छु रमेश थापासहित ३ जनाबाट ५ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए । उनलाई पनि पुस २४ गते नवलपरासी (पूर्व) देवचुलीबाट पक्राउ गरिएको रेग्मीको भनाई छ ।

यता धनकुटा घर भई हाल काठमाडौँ बस्दै आएकी उर्मिला चेम्जोङले संगत थापासहित २ जनालाई पोर्चुगलको प्रतिष्ठित कम्पनीमा ड्राइभिङको काम लगाइदिन्छु भन्दै १० लाख ५० रुपैयाँ रकम लिएर फरार भएकी थिइन् । उनलाई कीर्तिपुरबाट पुस २५ गते पक्राउ गरिएको थियो । तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको उपरीक्षक रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी