2026-10-15 12:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

विमानस्थलबाट एकै दिन फर्काइए नक्कली भिसामा खाडी जान लागेका ५७ जना

पुस २७, काठमाडौं | खाडी देशमा घरेलु कामदारमा प्रतिबन्ध भएपछि नक्कली श्रम भिसासमेत बन्न थालेको छ। नक्कली भिसालाई नै आधार मानेर वैदेशिक रोजगार कार्यालयहरूले श्रम स्वीकृति दिएका छन्। 

मंगलबार नक्कली भिसामा कुवेत जान लागेका ५७ जनालाई अध्यागमन विभागले फर्काइदिएको छ। उनीहरूको भिसा नै नक्कली रहेको विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले बताए।

‘वैदेशिक रोजगार कार्यालयका साथीहरूसँग नक्कली भिसा हेर्ने सिस्टम नभएर पनि यस्तो भएको हुन सक्छ,’ उनले भने, ‘यस विषयमा हामीले छानबिनका लागि पत्राचार गरेका छौँ।’ यसमा मेनपावर कम्पनीको समेत मिलेमतो देखिएको छ। खाडी देशमा महिलालाई घरेलु कामदारका रूपमा पठाउन प्रतिबन्ध भएकाले यसरी नक्कली श्रम भिसामा पठाई मानवतस्करी हुने गरेको हो।

प्रहरीले अध्यागमन अधिकृतसहितका गिरोहलाई पक्राउ गरेपछि भिजिट भिसामा विदेश जानेको संख्या पनि घटेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित