2026-10-15 12:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेसिया स्थित FWWMC सँग भएको सम्झौता कार्यान्वयन नगर्ने बोर्डको निर्णय

माघ ७, काठमाडौँ । वैदेशिक रोजगार बोर्डको बैठकले मलेसिया स्थित FWWMC सँग भएको सम्झौता हाल कार्यान्वयन नगर्ने निर्णय गरेको छ । आइतबार बोर्ड बैठकले प्रधानमन्त्री र श्रम मन्त्रालयको निर्देशनलाई मान्दै उक्त निर्णय हाललाई कार्यान्वयन नगर्ने निर्णय गरेको हो । 

बैठकपछि बोर्डद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ‘वैदेशिक रोजगार बोर्डको मिति २०८०/०७/२१ मा सम्पन्न बोर्ड बैठकको निर्णय बमोजिम वैदेशिक रोजगार बोर्डको सचिवालय र मलेसिया स्थित Foreign Workers Welfare Management Center बीच मलेसियामा रहेका नेपाली श्रमिकहरुको राहत, उद्दार लगायतका कल्याणकारी कार्य गर्ने विषयमा भएको सम्झौता बिभिन्न सरोकारवालाहरुसँग थप छलफल गरेर मात्र टुंगोमा पुग्न आवश्यक भएकाले हाललाई उक्त सम्झौता कार्यान्वयन नगर्न सम्माननीय प्रधानमन्त्रज्यूबाट निर्देशन प्राप्त भएको हुँदा सोहि अनुसार आवश्यक कार्यान्वयनका लागि भनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको च.न. २३१ मिति २०८०/०९/२५ को पत्रबाट लेखि आएकाले उल्लेखित सम्झौता हाल कार्यान्वयन नहुने व्यहोरा यसै बिज्ञप्ति मार्फत सम्बन्धित सरोकारवाला सबैमा जानकारी गराइन्छ ।’ 

यस अघि बोर्डले कामदारलाई लागत बढाउने गरि मलेसियाको FWWMC सँग सम्झौता गरेको भन्दै चौतर्फी आलोचना भएको थियो । बोर्डले FWWMC संगको सम्झौतामा मलेसिया स्थित रोजगार कम्पनीले प्रति कामदार ४५ डलर FWWMC लाई तिर्नुपर्ने र FWWMC ले मलेसियामा रहेका नेपाली श्रमिकहरुको राहत, उद्दार लगायतका कल्याणकारी कार्य गर्ने सहमति थियो । व्यवसायीहरुले उक्त ४५ डलरको कारण मलेसियाले नेपाललाई डिमाण्ड नदिने वा कामदारलाईनै आर्थिक भार पर्ने भन्दै बिरोध गरेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बोर्डले गरेको उक्त सम्झौता खारेजनै गर्नुपर्ने माग राख्दै आएको छ । तर बोर्डको बैठकले भने FWWMC को सम्झौता बिभिन्न सरोकारवालाहरुसँग थप छलफल गरेर मात्र टुंगोमा पुग्न आवश्यक भएको भन्दै भविष्यमा उक्त सम्झौता कार्यान्वयन गर्न सक्ने नजिर कायमै राखेको छ । 

यस्तो छ बोर्डबाट जारी बिज्ञप्ति: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित