2026-10-15 12:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

युएईमा श्रमिकले सम्झौता अनुसार तलब पाएनन्, समस्या राख्दा म्यानपावरले ब्लक हान्छ (भिडियो सहित)

माघ १२, काठमाडौँ । ललितपुर स्थिति एअर किङ्ग प्लेसमेन्ट प्रालि मार्फत वैदेशिक रोजगारको शिलशिलामा वैदेशिक रोजगारमा युएई गएका धेरै युवाहरुले नेपालमा म्यानपावरसँग सम्झौता भए अनुसारको तलब तथा सेवा सुविधा नपाएपछि पीडित बनेका छन् । म्यानपावरले अस्वस्थ प्रतिष्पर्धा गर्दै कम तलबमा कामदार दिने सम्झौता गरेको कारण यस्तो समस्या उत्पन्न हुने व्यवसायीहरु बताउँछन् । 

लामो समयदेखि ललितपुर स्थित एअर किङ्ग प्लेसमेन्ट मार्फत युएई स्थित Cleanco Trading, Importing & Services LLC – Sole Proprietorship LLC र Align Team LLC मा रोजगारमा गएका सयौं नेपाली महिला तथा पुरुष कामदारहरुले समस्यामा परेको गुनाशो गरिरहेका छन् । सम्बन्धित म्यानपावरले दुवै कम्पनीमा पठाएको कामदारहरुले नेपालमा सम्झौता गर्दा जति तलब तोकिएको थियो त्यस अनुसार नपाईरहेको बताएका छन् । Cleanco कम्पनीले दैनिक ११ घण्टा २७/२८ दिन काम लगाएर पनि मुस्किलले ११५० दिराम तलब दिएको पीडितहरुको गुनाशो छ । ‘सम्झौता अनुसार पाउने हो भने १४/१५ सयको हाराहारीमा तलब पाउनु पर्ने अवस्थामा पनि  सुक्खा ११५० पाइरहेका छौं ।’ एक पीडितले बताईन् । उनका अनुसार यो कम्पनीले सुरुवातमा युएई जाँदा ६/७०० भन्दा कममा पनि काम लगाएको ति पीडितको गुनाशो छ । उनलाई ९०० बेसिक हुने भनि सम्झौता गराइएको पाइएको छ । 

‘सम्झौता अनुसार ९०० भन्दा बढी मासिक कमाउनु पर्ने हो । ४/५ महिना बेसिक पनि भेटिएन । अहिले दैनिक ११ घण्टा काम गर्दा समेत मुस्किलले ११०० दिन्छ । यो तलब सम्झौता भन्दा निकै कम हो ।’ पिडित भन्छिन् ।

पीडितहरुसँग नेपालबाट जाँदा म्यानपावर तथा एजेन्टले दुई लाख २० हजारसम्म अशुली गरेर पठाएको पीडितहरुको भनाई छ । म्यानपावरले समस्याका विषयमा ध्यानाकर्षण गर्दा समेत अनदेखा गरेको, पीडितहरुको समस्या सुनुवाईको सट्टा समस्या राख्नेहरुको फोन नम्बरनै ब्लक गर्ने गरेको गुनाशो प्राप्त भईरहेको छ । पीडित अर्का युवाले पनि आफूलाई १५०० बेसिक तलब भनि सम्झौता गराई पठाएर ११५० मात्र दिईरहेको गुनाशो गरेका छन् । उनले दुई लाख २० हजार तिरेर आएको भन्दै सम्बन्धित म्यानपावरकि एक महिला कर्मचारीले पैसा लिईरहेको भिडियोनै पठाएका छन् । 

सम्बन्धित कम्पनीबाट लामो समयदेखि समस्यामा परेको सम्बन्धमा आबुधावी स्थित नेपाली दुतावासले खबर पाएर पनि तिनै कम्पनीका डिमाण्डहरु प्रमाणीकरण भईरहेको समेत पाइएको छ । दुतावास र म्यानपावरको मिलिमतोमा समस्याग्रस्त कम्पनीको समेत माग प्रमाणीकरण हुँदा सम्बन्धित कम्पनीको विषयमा कम तलबको समस्यामा रिपोर्ट गर्दा समेत दुतावास मौन बसिरहेको आरोप लगाइएको छ । युएई रोजगारमा दुतावासले ८०० मा खान बस्न सहितको सम्झौतामा मात्र कामदारको माग प्रमाणित गर्छ तर यस्तो सम्झौता कागज प्रक्रियामा मात्र सिमित जस्तो बनाइएको छ । सम्बन्धित म्यानपावरले वैदेशिक रोजगार बिभागमा पेश गरेको कागज अनुसार रोजगारदाताले तलब/सेवा सुविधा नदिएपछि श्रम गरेर गएका श्रमिकहरुको सुरक्षामा समेत सवाल उठेको छ । 

यसै सम्बन्धमा भिडियो हेर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित