2026-10-15 12:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

भिजिट भिसामा मानव तस्करी: अध्यागमन अधिकृत खड्काले झुट बोलेको पोलिग्राफले देखायो

माघ १९, काठमाडौँ | भिजिट भिसाको नाममा भएको मानव तस्करी प्रकरणमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काले बयानमा झुट बोलेको खुलेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको पोलिग्राफ जाँचका क्रममा उनले झुट बोलेको देखिएको हो । जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गर्दा प्रहरीले समावेश गरेको पोलिग्राफको प्रतिवेदनमा ‘डिसेप्सन इन्डिकेटेड’ लेखिएको छ । जाँच गरिएका व्यक्तिले झुटाे बोलेको अवस्थामा यस्तो रिपोर्ट आउने अनुसन्धानमा संलग्न एक अधिकृत बताउँछन् ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले नरवीरलाई १८ मंसिरमा सिनामंगलस्थित होटल वाल्टिक इनबाट पक्राउ गरेको थियो । त्यसबेला उनको साथबाट प्रहरीले २ लाख रुपैयाँ र विदेश जाने ६६ युवाको सूची पनि बरामद गरेको थियो । बयानका क्रममा आफूले सेटिङ गर्ने गरेको स्वीकारे पनि उनले २ लाख रुपैयाँ सापटी लिएको दाबी गरेका थिए । अनुसन्धानका क्रममा भने उनले कन्सल्टेन्सीका सञ्चालकहरुले दिने सूची अनुसारका व्यक्तिहरुलाई विदेश पठाउन सहयोग गरेवापत पैसा लिएको भेटिएको थियो ।

सत्तारुढ नेकपा माओवादी निकट ट्रेड युनियनमा समेत रहेका खड्का पक्राउ परेपछि अध्यागमनमा अधिकृतहरुको भागाभाग चलेको अधिकृतहरु बताउँछन् । अनुसन्धान भइरहँदा काज सरुवा मिलाएर अर्का अधिकृत नरबहादुर कुँवर उम्किए । पछि बुबाको निधन भएर अन्तिम संस्कारमा सहभागी भएका उनलाई प्रहरीले फरार प्रतिवादी बनाएर मुद्दा अघि बढाएको थियो । पछि नरवीरको बयानका आधारमा प्रहरीले थप ७ जना अध्यागमन अधिकृतलाई प्रतिवादी बनाएको थियो ।

प्रहरी स्रोतका अनुसार, खड्काले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई दिएको प्रारम्भिक बयानमा भिजिट भिसाका लागि विमानस्थलमा रहेको सहजीकरण समितिलाई ‘घुस समिति’ भनेका थिए । र, त्यसमा रहेका सबैसमक्ष भिजिट भिसामा विदेश पठाउने गिरोहको पैसा पुग्ने बताएका थिए ।

कार्यालयले उनको प्रारम्भिक बयानको भिडियो रेकर्ड समेत गरेको थियो । तर, सरकारी वकिलको रोहबरमा जिल्ला प्रहरी परिसर, काठमाडौंसमक्ष दिएको बयानमा उनले बोली फेरेको अधिकृतहरु बताउँछन् ।नरवीरको नेपाली युवालाई रुसी सेनामा पठाउने गिरोहसँग पनि सम्बन्ध देखिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा उनले ५० हजार रुपैयाँ लिएर पीडितलाई दुबई पठाएको खुलेको थियो । त्यो रकम उनले आफ्नो बहिनी भावनाको नेपाल बैंकमा रहेको खाताबाटै लिएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित