2026-10-15 12:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

रुसी सेनामा १५ हजार नेपालीः सीएनएन

फागुन १, काठमाडौँ | नेपालबाट १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको दाबी गरिएको छ । रुसी सरकारले गत वर्ष विदेशी लडाकुलाई मुलुकको सेनामा भर्ना हुन आकर्षक प्याकेज घोषणा गरेपछि १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी सीएनएनले जनाएको छ ।

प्याकेजमा मासिक कम्तीमा २ हजार अमेरिकी डलर तलब र चाँडोभन्दा चाँडो रुसी राहदानी (पासपोर्ट) प्राप्त गर्ने प्रक्रिया पनि समावेश भएको समाचारमा उल्लेख छ ।

रुसी सेनामा भर्ना हुन चाहने नेपाली पहिले पर्यटक भिसामा रुस जाने गरेको खबरमा उल्लेख छ । धेरैजसो व्यक्तिले आफूहरू यूएई वा भारत हुँदै गएको सीएनएनलाई बताएका छन् ।

रुसी सेनामा भर्ना भएका कतिपय नेपालीले लडाइँमा पठाइनुअघि सामान्य तालिम मात्र लिएको बताएका छन् । रुसमा रहेका एक नेपालीले एभानगार्डमा बसेर रकेट लन्चर, बम, मेसिन गन, ड्रोन र ट्यांकको तालिम लिएको बताएका छन् ।

रुसी सेनामा भर्ना भएका धेरै नेपालीलाई रुसी भाषा बोल्नसमेत नआउने गरेको सीएनएनले जनाएको छ । युद्ध क्षेत्रमा कम्तीमा १३ जनाको ज्यान गइसकेको छ । तर, रुसी सेनामा कति नेपाली छन् र उनीहरूको यथार्थ अवस्थाबारे सरकारसँग यकिन विवरण छैन ।

रुसी सेनामा कति नेपाली भर्ना भएका छन् र अहिलेसम्म कति जनाको ज्यान गएको छ भन्नेमा रुसी विदेश मन्त्रालयले कुनै जवाफ नदिएको सीएनएनले जनाएको छ । केही समयअघि मात्र रुसी सेनामा कार्यरत एक नेपाली युवाले रुस नआउन आग्रह गरेका थिए ।

आफू रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्दालड्दै घाइते भएको भन्दै ती युवाले रुसी सेनामा भर्ती नहुन सबैलाई अनुरोध गरेका थिए । रुसी सेनामा भर्ती भएका धेरै नेपाली गोली लगेर छटपटाइरहेको र आफूजस्तै धेरै साथी फसेकाले सबैलाई उद्धार गर्न पनि ती युवाले नेपाल सरकार र त्यहाँस्थित नेपाली दूतावासलाई अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित