२७ कार्तिक २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कामको खोजीमा माघ महिनामा बिदेसिए ६२ हजार नेपाली, सबैभन्दा बढी युएई गए

२ फाल्गुन २०८०, बुधबार ११:२७

फागुन २, काठमाडौँ | वैदेशिक रोजगारीका लागि पछिल्लो एक महिनामा ६२ हजार भन्दा बढी नेपाली बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार माघ महिनामा ६२ हजार १४७ जना नेपाली वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् ।

जसमा ५५ हजार ९७३ जना पुरुष र ६ हजार १७४ महिला रहेका छन् । ३९ हजार ४२ जनाले भने श्रम स्वीकृति मात्रै लिएका छन् । भने २३ हजार १०५ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

माघ महिनामा जी टु जी मार्फत (सरकार–सरकारबिच सम्झौता भई) १ हजार ४९४ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै ६ हजार ७६२ जना व्यक्तिगत श्रम स्वीकृति लिएर बिदेसिएका छन् ।

३० हजार ७८६ जनाले म्यानपावर व्यवसायी (संस्थागत) मार्फत श्रम स्वीकृति लिएर बिदेसिएका हुन् । माघ महिनामा विभिन्न ९९ देशमा जानका लागि नेपालीहरूले श्रम स्वीकृति लिएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७९/०८० को माघ महिनामा भने ६४ हजार २८४ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका थिए । यसअघि अघिल्लो महिना पुसमा ६५ हजार ८१३ जनाले श्रम स्वीकृति लिएका थिए ।

माघ महिनामा सबैभन्दा बढी युएई गएका छन् । युएईका लागि १७ हजार ६०२ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै साउदी अरेबियाका लागि १२ हजार ३६६, कतारका लागि १२ हजार १६४, मलेसियाका लागि ६ हजार ७९५, कुवेत ३ हजार २५३ जनाले श्रम स्वीकृति (पुनः स्वीकृतिसहित) लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन तयारी : थपिँदै नयाँ मतदाता र राजनीतिक दल पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना नियन्त्रणमा देशभरको मौसम सफा रहने पूर्वानुमान सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्पूर्ण रहन्छः कानुनमन्त्री सिन्हा नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी मन्त्रिपरिषद् बैठकको निर्णय महानगर धुलोमुक्त बनाउँदै कामपा ‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’ पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान दर्शकले रुचाउन थाले नेपाली चलचित्र