2026-09-03 06:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

एसएसडब्लु कार्यविधि स्वीकृत भएसँगै नेपालबाट बार्षिक २० हजार कामदार लैजादै जापान, कुन सिप भए जान पाइन्छ ?

फागुन १३, काठमाडौँ | अब नेपाली युवा कामदार भिसामा जापानमा जान पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विशेष सीप (स्पेसल स्किल) भएका कामदार (एसएसडब्लु) पठाउने कार्यविधि स्वीकृत गरेसँगै नेपालीहरु कामदार भिसामा जापान जान पाउने भएका हुन् । 

जापानले विशिष्ट सीप भइ  दक्षता हाँसिल गरेकाहरुलाई एसएसडब्लु अन्तर्गत विश्वका धेरै देशहरुबाट आफ्नो देशमा कामदार लैजाने गरेको छ । अब जापानले नेपालबाट पनि यसरी कामदार लाने भएको हो । यसबारे नपाल र जापानबीच सन् २०१९ मा नै सम्झौता भएको मन्त्रालयले जनाएको छ । तर, कार्यविधि नबनेकाले यसको प्रक्रिया अघि बढेको थिएन।

मन्त्रालयका प्रवक्ता राजिव पोख्रेलले  माघको अन्तिम साता यसबारेको कार्यविधि स्वीकृत गरेको जानकारी दिए । उनका अनुसार जापानले हरेक वर्ष कम्तिमा २० हजार नेपाली कामदार लैजाने मन्त्रालयको अनुमान छ । सम्झौता जीटूजी भएकाले यतिनै लैजान्छ भनेर यकिन रुपमा भन्न भने नसकिने उनले बताए । तर, कम्तिमा वर्षमा २० हजार युवाहरु यस अन्तर्गत जापान जान पाउने उनको भनाई छ । 

सुरुमा जापानका रोजगारदाता कम्पनीहरुले ५ वर्षका लागि तोकिएका सिप भएका नेपाली कामदार लैजान्छ । तर, हरेक वर्ष, ६ महिना वा हरेक ४ महिनामा भिसा रिन्यू गर्नुपर्ने हुन्छ ।  

यसरी जानका लागि जापानिज भाषा र विशेष सिपको आवश्यक पर्दछ । जापानले नेपालबाट विभिन्न १२ वटा क्षेत्रकालागि कामदार लैजाने उल्लेख छ । सो क्षेत्र अनुसारको विशिष्ट सिप र भाषा परिक्षा पास भएपछि त्यहाँ जान पाइने छ । 

त्यहाँ नेपाली कामदरलाई जापानकै ‘बेसिक स्यालरी’ अनुसारकै तलव हुनेछ । तर, काम गर्न क्षेत्र अनुसार  तलव केहि तलमाथि हुन  सक्ने मन्त्रालयले जनाएको छ । प्रवक्ता पोखरेलका अनुसार कुनै पनि क्षेत्रमा कम्तिमा मासिक ३ लाख नेपाली रुपैयाँ भन्दा कम भने भने हुने छैन। 

नेपालका म्यानपावरहरुले जापानका रोजगारदाता कम्पनीसँग डिमाण्ड गर्ने र सोहि अनुसार म्यानपावरले नै कामदार त्यहाँ पठाउने प्रवक्ता पोखरेलको भनाई छ । नेपालबाट जाने कामदारको जापान जादा लाग्ने खर्च सबै रोजगारदाताले ने व्यहोर्ने उनको भनाई छ । तर, कतिपय अवस्थामा रोजगारदाता र म्यानपावरबीच भएको सम्झौतामा अनुसार कामदारले जाने खर्च व्योहर्नुपर्ने हुनसक्ने उनको भनाई छ । 

एसएसडब्लु अन्तर्गत जापालने फिलिपिन्स, भियतनाम, भारत लगायत देशबाट  विशेष सिप भएका कामदार लगिरहेको छ। नेपालबाट पनि ९ सय बढी एसएसडब्लु अन्तर्गत ब्यतिगत रुपमा श्रम स्वीकृती लिएर जापान गइसकेका छन् । तर अब भने संस्थागत रुपमा नेपाली कामदार जापान जान पाउने छन् ।  

मन्त्रालयका अनुसार अब छिटै वैदेशिक रोजगार विभागले एसएसडब्लु अन्तर्गत विदेश कामदार पठाउनका लागि म्यानपावर कम्पनीहरुलाई सूचिकृत हुनका लागि सूचना जारी गर्नेछ। त्यसपछि सूचिकृत म्यानपावरले जापानको रोजगारदाताबाट डिमान्ड ल्याउने र सोहि अनुसार यताबाट म्यानपावरले जापान पठाउँछ । 

कुन कुन सिप भए जान पाइन्छ ? 

१) नर्सिङः स्याहार सुसार

२) भवन सरसफाई व्यवस्थापन

३) कच्चा माल उद्योग, औद्योगिक मेसिनरी उत्पादन उद्योग ,   इलेक्ट्रोनिक्स  उद्योग

५) निर्माण

६) पानी जहाज निर्माण र पानी जहाज मेशिनरी उद्योग

७) खाना र पेय पदार्थको उत्पादन उद्योग, खाद्य सेवा उद्योग

८) अटोमोबाइल मर्मत(सम्भार)

९) उड्डयन

१०) होटल सम्बन्धी उद्योग, 

११) कृषि

१२) मत्स्यपालन तथा अकुवाकल्चर

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय