2026-10-15 12:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

न्युजिल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने २ जना व्यक्तिहरु पक्राउ

फागुन १५, काठमाडौं | वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाईदिन्छु लाखौं रकम ठगी गर्ने २ जना व्यक्तिहरु पक्राउ परेका  छन्। पक्राउ पर्नेमा लमजुङ दोर्दी गा.पा. वडा नं. ०७ घर भई हालकाठमाण्डौं का.म.न.पा. वडा नं. ०४ चन्डोल बस्ने ३० वर्षीय रेशम गुरुङ र सोहि ठाउमा बस्ने ३० वर्षीय गंगा गुरुङ रहेका प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीको लागि गुरुङले सुरेन्द्र गिरीलाई न्युजिल्याण्ड पठाइदिने, त्यसको लागि रु. १३ लाख रुपैयाँ लाग्छ, न्युजिल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा प्याकिङ काम लगाइदिन्छु, मासिक रु. १ लाख ५० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक पटक गरी जम्मा रु. १२ लाख ७० हजार  रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज रेशम गुरुङ र गंगा गुरुङको खोजतलास गर्ने क्रममा मिति २०८०।११।१३ गते अं. १४:१० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०४ चन्डोलबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिए। उनीहरुलाई थप कारवाही र अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु