Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

आज दुबईमा रोजगार मेला हुँदै, श्रममन्त्री भण्डारी दुबई आईपुगे

२०८०, १८ फाल्गुन शुक्रबार २२:५३

फागुन १९, दुबई । सनिबार (आज) दुबईमा आयोजना हुने 'दुबई रोजगार मेला' मा सहभागी हुन श्रममन्त्री शरदसिंह भण्डारी दुबई आईपुगेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा युएई स्थित दुबईको होटल मरिनामा आयोजना हुने 'रोजगार मेला'मा सहभागी हुन मन्त्री भण्डारी दुबई आईपुगेका हुन् ।


रोजगार मेलाको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिएका छन् । मेलामा एक सय भन्दा बढी म्यानपावर व्यवासायीहरु सँगै दुबईमै व्यवसाय गर्दै आएका नेपालीहरुको सहभागीता हुनेछ । नेपालले यसअघि २००७ जुन ६ मा दुबईको ग्रान्ड हायात होटलमा रोजगार मेलाको आयोजना गरेको थियो । त्यसको १७ बर्ष पछि रोजगार मेला आयोजना हुन लागेको हो । यो मेलाको सन्देश नेपालीलाई रोजगार दिने विश्वका बिभिन्न मुलुकमा सकारात्मक रुपमा पुग्ने बताइएको छ । 

मेलामा शुक्रबार बेलुकासम्म ६४ वटा स्टल राखिने निश्चित भएको संघका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए । रोजगार मेलामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, सचिव केवलप्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीलगायतको उपस्थिति रहने छ । यसकालागि मन्त्री, सचिव लगायत सबै टोली शुक्रबार बेलुकानै दुबई आईपुगीसकेका छन् । 

दुवई रोजगार मेलाबाट रोजगारदाता र म्यानपावर व्यवसायी बीच सिधा सम्पर्क स्थापना भई बिचौलियाबिनै वैदेशिक रोजगारमा डिमाण्ड पाउन सक्ने र त्यस्ता डिमाण्डमा कामदार पठाउँदा श्रमिकलाई समेत फाइदा हुने विश्वास लिईएको छ । मेलाको माध्यमबाट युएईका रोजगारदाता सामु नेपालबाट युएई मुलुकका लागि जस्तोसुकै पदमा नेपाली कामदार पठाउन नेपाल सक्षम रहेको सन्देश प्रवाह गर्ने व्यवसायीहरुले विश्वास लिएका छन् । 

मेलामा यूएईस्थित रोजगारदाताहरु, युएईका सबै स्टेटका चेम्बर, इन्डियन इन्भेष्टमेन्ट ग्रुप, सबै बिजनेस कम्युनिटी, एचआर एशोसिएसनलगायतको सहभागिता रहने उक्त मेला यूएईस्थित नेपाली दूतावासको सहकार्य हुँदैछ ।


फोटो: साझा सबाल मिडिया  (दुबई)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै