१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

‘श्रमाधान’ सेवा पुनः सुचारु गर्दै श्रममन्त्री अर्याल

२४ फाल्गुन २०८०, बिहीबार ०७:२५

फागुन २४, काठमाडौँ | नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल (डीपी) ले श्रमाधान सेवा पुनः सुचारु गर्ने भएका छन् । मन्त्रालयको पदबहाली गरेसँगै उनले श्रम कल सेन्टरलाई प्रभावकारी रूपमा सञ्चालन गरी आन्तरिक तथा आप्रवासी श्रमका समस्या समाधानका लागि प्रभावकारी श्रमाधान सेवा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।


यसअघि पहिलोपटक श्रम मन्त्री हुँदा अर्यालले उक्त ‘श्रमाधान’ कार्यक्रम सञ्चालनमा ल्याएका थिए । मन्त्रालयमा रहेको कल सेन्टरलाई व्यवस्थित र प्रभावकारी बनाउन भन्दै उनले पहिलो पटक मन्त्री हुँदा १७ माघ २०७९ मा श्रमाधान कार्यक्रमको सुरुवात गरेका थिए । मन्त्री बनेको २२ दिनमा उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै उक्त कार्यक्रम समेत रोकिएको थियो ।

दोस्रो पटक मन्त्री बनेपछि पदबहाली गर्दै पहिलो निर्णय नै उक्त श्रमाधान कार्यक्रमलाई ब्युँताउने भएका हुन् । जिज्ञासा र समस्या एकद्वार नीतिबाट समाधान गर्ने उद्देश्यले ‘श्रमाधानः २४ घण्टे सहायक केन्द्र’ सञ्चालनमा ल्याउन लागिएको हो । उक्त अभियानमा हप्ताको सातै दिन २४ घण्टा नै सञ्चालनमा रहने मन्त्रालयले जनाएको छ ।

श्रमाधानमा रहेका कर्मचारीहरूले २४ घण्टा नै मन्त्रालयसँग सम्बन्धित समस्या र गुनासा सुन्ने गरी श्रमाधान कार्यक्रम ल्याएका थिए । मन्त्रालयको एकद्वार नीति अनुसार समस्याको समाधान, कारबाही तथा आवश्यक निर्देशन समेत दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ