2026-09-24 10:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

प्रत्येक दिन रोजगारीका लागि विदेशिन्छन् २१ सय नेपाली, ५ जना फर्कन्छन् बाकसमा !

चैत १४, काठमाडौँ । प्रत्येक दिन २१ सयभन्दा बढी नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने गर्छन् ।

रोजगारी खोज्दै विदेशी भूमि पुग्ने यस्ता नेपालीमध्ये प्रत्येक दिन औसतमा करिब ५ जना काठको बाकसमा नेपाल फर्कने गर्छन् । अर्थात्, वैदेशिक रोजगारीको सिलसिलामा विदेशी भूमिमै उनीहरुले ज्यान गुमाउँछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डका अनुसार, चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो साढे ८ महिनामा वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका १ हजार २५५ जनाको शव नेपाल ल्याइएको छ । २०८० साउन १ गतेदेखि चैत १२ गतेसम्मको अवधिमा औसतमा दैनिक ४.९२ जनाको शव नेपाल आएको छ ।

वैदेशिक रोजगार बोर्डका प्रवक्ता टिकाराम ढकालका अनुसार, पछिल्लो साढे ८ महिनाको अवधिमा साउदी अरबबाट ५१४, मलेसियाबाट ३३३, कतारबाट १२३ र यूएईबाट ८२ जना नेपालीको शव नेपाल ल्याइएको छ । यीमध्ये १९७ जनाको शव बोर्डको खर्चमा नेपाल ल्याइएको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । अर्थात् उक्त वर्ष औसतमा दैनिक २ हजार ११३ जनाभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

विभागका अनुसार, चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि फागुनसम्मको ८ महिनाको अवधिमा श्रम स्वीकृति लिई ४ लाख ७१ हजार २१० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । चालु आर्थिक वर्ष सुरु भएपछि दैनिक औसतमा १ हजार ९६३ जनाभन्दा बढी वैदेशिक रोजगारीमा गएको देखिन्छ ।

वैदेशिक रोजगार बोर्डका प्रवक्ता ढकालका अनुसार, चालु आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकामध्ये ८१७ जनाको परिवारलाई आर्थिक सहायतास्वरुप २८ करोड ९५ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीका क्रममा १ हजार २०८ जनाको मृत्यु भएको थियो । गतवर्ष वैदेशिक रोजगारीका क्रममा जति नेपालीको विदेशी भूमिको मृत्यु भएको थियो त्योभन्दा बढी चालु आर्थिक वर्षको पहिलो साढे ८ महिनामा भएको छ ।

गत आर्थिक वर्षमा मृत्यु भएका १ हजार २०८ जनाको परिवारलाई बोर्डले आर्थिक सहयाता स्वरुप ६५ करोड ५१ लाख ८० हजार रुपैयाँ प्रदान गरेको थियो । ढकालका अनुसार, आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १३ हजार ४४ जनाको परिवारलाई आर्थिक सहायता स्वरुप ४ अर्ब ८६ करोड ३० लाख ४४ हजार रुपैयाँ उपलब्ध गरिएको छ ।

ढकालका अनुसार चालु आर्थिक वर्षको पहिलो साढ ८ महिनामा वैदेशिक रोजगारीका क्रममा बिरामी, अंगभंग भएका ३३३ जनालाई आर्थिक सहायत स्वरुप १० करोड ६ लाख ३५ हजार रुपैयाँ उपलब्ध गरिएको छ । 

गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा अंगभंग तथा गम्भीर विरामी भएका ३८९ जनालाई ९ करोड ९७ लाख ८ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको थियो ।  बोर्डका अनुसार आर्थक वर्ष २०६५/६६ देखि २०८०/८१ को चैत १२ गतेसम्म (१५ वर्ष ८ महिना १२ दिन) वैदेशिक रोजगारीमा गएका १३ हजार ३९५ जनाको मृत्यु भएको छ । 

आर्थिक वर्ष २०६५/६६ मा ७८, २०६६/६७ मा ४२१, २०६७/६८ मा ५६४, २०६८/६९ मा ६४७, २०६९/७० मा ७७२, २०७०/७१ मा ८७७, २०७१/७२ मा १ हजार ६, २०७२/७३ मा ८२६ र २०७३/७४ मा ७५८ जनाको मृत्यु वैदेशिक रोजगारीका क्रममा भएको थियो । 

यस्तै, आर्थिक वर्ष २०७४/७५ मा ८२६, २०७५/७६ मा ७६३, २०७६/७७ मा ६७२, २०७७/७८ मा १ हजार २४३, २०७८/७९ मा १ हजार ४७९ र २०७९/८० मा १ हजार २०८ जना नेपालीको मृत्यु वैदेशिक रोजगारीमा जाँदा भएको बोर्डले जनाएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो साढे ८ महिनामा १ हजार २५५ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी