2026-09-24 10:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

अब श्रम स्वीकृतिको सेवा ३ सिफ्टमा, एकै दिनमा जारी हुने दाबी

चैत १६, काठमाडौँ । वैदेशिक रोजगार कार्यालय ताहचलले वैदेशिक रोजगारीमा जानेहरूलाई श्रम स्वीकृति दिने सेवा २ सिफ्टबाट ३ सिफ्ट कायम गरेर सेवा दिन थालेको छ । योसँगै अब सेवाको टोकन जारी भएकै दिनमा श्रम स्वीकृति जारी गर्न सकिने श्रम अधिकारीहरूको दाबी छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेकाअनुसार २ सिफ्टमा कार्यालय चलाउँदा दैनिक आउने सेवाग्राहीको चाप धान्न नसकेपछि ३ सिफ्टमा सेवा थालिएको हो । विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म, दिउँसो २ बजेदेखि राति ९ बजेसम्म र राती ९ बजेदेखि विहान ४ बजेसम्मको ३ सिफ्ट कायम गरेर सेवा थालिएको हो ।

श्रम स्वीकृतिको प्रक्रियालाई छिटो बनाउन अरु पनि विभिन्न सुधारका काम गरिएको उनले बताए । ‘मन्त्रीज्यूकै निर्णय र निर्देशनअनुसार पुनः श्रम स्वीकृतिलाई एक तहबाटै सकाउने गरी विधि तय भएको छ,’ उनले भने,‘सबै कागजात पुगेर आउँदा एकै कर्मचारीले त्यसलाई हेरेर पुनः श्रम स्वीकृति जारी गर्न सक्ने गरी विधि बनाएका छौं ।’ यसले गर्दा कर्मचारीहरुको कार्यचाप घट्ने र त्यसबाट व्यवस्थापन सजिलो बन्ने घिमिरेले बताए ।

कार्यालयले अहिले अनलाइन फराम भरेर टोकन दिने प्रणाली दिउँसो १ बजेपछि मात्रै खुला गर्न थालेको छ । यसअघि १० बजेदेखि प्रणाली खुला गर्दा चाप धेरै भएर पटक–पटक समस्या आइरहेको थियो । 

विभागले कर्मचारीले प्रयोग गर्ने कम्प्युटरहरु पनि अपडेट गरेर चुस्त बनाएको छ । कम्प्युटरहरुमा र्‍याम र एसएसडीको क्षमता थप गरेर छिटो चल्ने गरी अपडेट गरिएको घिमिरेले बताए । कार्यालयले अब कार्यचापअनुसार शनिबार र सार्वजनिक विदाका दिनमा समेत सेवा दिन सुरु गरेको छ ।

गत ८ चैतमा श्रममन्त्री अर्यालले साँझ वैदेशिक रोजगार कार्यालय ताहाचल पुगेर सेवाबारे जानकारी लिएर छलफल गरेका थिए । एकै दिनमा वितरित टोकनअनुसार समेत श्रम स्वीकृति जारी नभइरहेको थाहा पाएपछि उनले कम्तीमा सेवाग्राहीले टोकन लिएकै दिनमा श्रम स्वीकृति जारी गर्ने व्यवस्था गर्न भनेका थिए ।

उनले एक घण्टाभित्रै श्रम स्वीकृति जारी गर्न वैदेशिक रोजगार सूचना प्रणाली सुधार गर्न अहिले प्राविधिक टोली खटाएका छन् । कर्मचारीहरूले प्रणाली नै ‘स्लो’ भएकोले सेवा दिन समस्या भएको गुनासो गरपछि सुधारको काम थालिएको हो । कागजपत्र नपुगेका श्रमिकको हकमा भने तीन दिनभित्रका कागजपत्र बुझाएको अवस्थामा सोही टोकनलाई मान्यता दिइँदै आएको छ । तीन दिनभित्र कागजपत्र नबुझाएका नयाँ टोकन लिनुपर्ने व्यवस्था छ ।

गत ४ चैतमा श्रममन्त्री अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिएका थिए । मन्त्री अर्यालले संसारको कुनैपनि कुनाबाट श्रम स्वीकृतिको लागि श्रमिकले आवेदन दिँदा एक घण्टाभित्रमा श्रम स्वीकृति दिन सक्ने गरी प्रणाली सुधार गर्न निर्देशन दिएपनि तत्काल त्यो गर्न सम्भव देखिएको छैन । प्रविधि, जनशक्ति र स्रोतसाधनको विद्यमान अवस्थाका कारण तत्काल सम्भव नदेखिएको कार्यालयका अधिकारीहरु बताउँछन् । तर, सुस्त चल्ने विभागको अनलाइन प्रणाली चुस्त बनाउन सकए धेरै हदसम्म समस्या घट्ने उनीहरुको दाबी छ ।

हाल दैनिक एक हजार ५०० देखि दुई हजार श्रमिकले पुन श्रम स्वीकृतिको लागि आवेदन दिने गरेका छन् । त्यस्तै एक हजार जनाले नयाँ श्रम स्वीकृतिको लागि आवेदन दिने गरेका छन् । कार्यालयले पनि सोही अनुपातमा दैनिक श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी