2026-10-15 12:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

आफ्ना र एजेन्टका मान्छे भर्ति गरिसकेर प्रक्रिया पुर्याउन मात्र वैदेशिक रोजगारको बिज्ञापन !

वैशाख २, काठमाडौँ । वैदेशिक रोजगार अन्तर्गत दैनिक पत्रिकाहरुमा आउने अधिकांश बिज्ञापनबारे चासो राख्ने लक्षित कामदारहरुले अधिकांश म्यानपावरले भ्रामक बिज्ञापन दिईरहेको गुनाशो गरेका छन् । अधिकांश म्यानपावरहरुले सरकारी प्रक्रिया पुरा गर्न मात्र राष्ट्रिय दैनिक पत्रिकामा बिज्ञापन दिने गरेको पाइएको हो । 

लामो समयदेखि सिमित म्यानपावरहरुले मात्र कामदार छनौटको लागि सिधा कामदारलाई आफ्नो म्यानपावरमा छिर्न दिने गरेको अवस्थामा वैदेशिक रोजगारमा पठाउने क्रममा अधिकांश म्यानपावरहरुले एजेन्टलाईनै मुख्य प्राथमिकता दिईरहेको गुनाशो बढेको छ । सरकारले वैदेशिक रोजगारमा जान फ्री भिसा-फ्री टिकट लागु गरेपछि यो समस्या बढ्दै गएको हो । सरकारको नीति बिपरित आर्थिक अशुली गर्न सहज बनाउने उद्देश्यले अधिकांश म्यानपावरहरुले सिधा कामदारलाई स्वीकार नगरेको वर्तमान अवस्था छ । यस विषयमा सम्बन्धित पक्ष समेत जानाकार छ तर मौन छ । 

सरकारी नीति अनुसार म्यानपावरहरुले वैदेशिक रोजगारमा पठाउनु अघि प्रक्रियागत रुपमा अनिवार्य नेपालको ‘क’ बर्गको राष्ट्रिय दैनिक पत्रिकामा बिज्ञापन छाप्नुपर्ने नियम छ । यो नियमलाई अधिकांश अवैधानिक काम गर्न पल्किएका व्यवसायीहरुले मानिरहेका छैनन् । बाध्यताले बिज्ञापन छापिहाले पनि बिज्ञापन हेरेर सम्पर्कमा जाने कामदारहरुलाई बिज्ञापननै छैन भन्दै फिर्ता गर्ने गरेको र फोन मार्फत जानकारी माग्दा समेत बिज्ञापन नभएको जानकारी दिएर भ्रमको खेति गरिरहेका छन् । प्राप्त गुनाशो अनुसार दैनिक आउने म्यानपावरका सयौं बिज्ञापन अनुसार छड्के बुझ्ने हो भने आधाभन्दा बढी म्यानपावरले बिज्ञापन छैन भन्ने प्रक्रिया पुरा गर्न मात्र छापिएको हो भन्दै पन्छिने समस्या छ । 

अन्तर्वार्ताको मितिनै उल्लेख गरेर ठूला-ठूला अवसरका बिज्ञापन देखेर उक्त मिति अगावै फोन गर्ने तथा म्यानपावरमै पुग्ने लक्षित बर्गले अनावश्यक सास्ती मात्र पाइरहेका छन् । म्यानपावरहरुले अधिकांश राम्रा कम्पनीमा आफ्ना मान्छे र एजेन्टका मान्छे मात्र भर्ति गरिसकेर प्रक्रियाको लागि मात्र बिज्ञापन गर्ने गरेको गुनाशो छ । त्यसो त कुन-कुन म्यानपावरले त्यस्ता भ्रमको खेति गर्छन् भन्ने सम्बन्धमा वैदेशिक रोजगार बिभागले कुनै अनुगमन वा कारवाही गरेको अभिलेख छैन । यस खाले प्रवृतिको कारण वैदेशिक रोजगारको अवसर भन्दै आउने अधिकांश म्यानपावर कम्पनीका बिज्ञापनले जनमानशमा भ्रम छरिरहेको र दु:ख दिईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु