2026-09-24 09:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

विवादका कारण नेपाल मेडिकल व्यवसायी संघले नयाँ कार्यसमिति चयन गर्न सकेन

वैशाख २३, काठमाडौँ । विवादका कारण नेपाल मेडिकल व्यवसायी संघले नयाँ कार्यसमिति चयन गर्न सकेन । सनिबार काठमाडौँको नयाँबानेश्वर स्थित अल्फाबिटा हाउसमा संघको ४ बर्षपछि भएको साधारणसभाले कार्यसमिति गठन गर्न असफल भएको हो ।

  

नयाँ नेतृत्वका लागि संघको पुर्व उपाध्यक्ष कला दाहाल र अरूण देवले अध्यक्ष पदमा दावेदारी प्रस्तुत गरेका थिए । तर संघभित्र एक पक्षले कार्यक्रमको सुरुवात भएदेखिनै बिरोध गर्दै आएको थियो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिभिन्न ६८ वटा मेडिकल संस्थाहरुलाई मापदण्ड पुरा नगरेको भन्दै अनलाइन बन्द गरिदिएपछि संघले त्यसै अनुसार उनिहरुलाई निलम्बनको कारवाही गर्ने निर्णय गरेको थियो । जसको कारण साधारणसभामा आधा भन्दा कम सदस्यहरुको उपस्थिति रहेको भन्दै आलोचना भएको थियो । संघको साधारणसभाको लागि गणपुरक संख्यानै नरहेको भन्दै बिरोध भईरहेको थियो । संघको साधारण सभा हुन कम्तिमा ६५% सदस्यहरुको साधारणसभामा उपस्थिति हुनुपर्ने थियो ।  संघको सनिबार आयोजित साधारण सभामा मापदण्ड भन्दा कम व्यवसायीको उपस्थिति रहेको थियो । 

मन्त्रालयले निलम्वन गरेको संस्थाको पनि संघको साधारणसभामा उपस्थिति हुनुपर्ने भन्दै संघले उनिहरुलाई गरेको निलम्बनको बैधानिकतामा प्रश्न उठेको थियो । बहुमत कार्यसमितिको निर्णयबिनै बिभिन्न संस्थाहरुको निलम्बन भएको भन्दै आलोचना भएको अवस्थामा अर्कोतर्फ निर्वाचन भएमा एउटा पक्ष बाहिर रहने भन्दै सहमतिमै पद बाँडफाँड गर्ने विषयमा पनि छलफल भएको थियो तर उक्त पक्षले त्यसले निष्कर्ष दिन सकेन । 

अध्यक्ष पदमा दुईजनाले दावेदारी गरेको अवस्थामा अध्यक्ष को बन्ने भन्ने सहमति जुट्न सकेन । सहमति नजुटेपछि निर्वाचनमा जानुको बिकल्प भएन तर निर्वाचन गराउन गणपुरक संख्या बाधक देखियो । त्यसपछि निर्वाचन समितिले सनिबार निर्वाचन गराउन सफल भएन । संघको साधारणसभा ४ बर्षदेखि नभएको भन्दै आलोचना भईरहेको अवस्थामा बर्तमान अध्यक्ष सिताराम रेग्मी सक्षम नरहेको भन्दै आलोचना समेत भएको छ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी