2026-10-15 11:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

श्रममन्त्री अर्यालद्वारा वैदेशिक रोजगार क्षेत्र सुधारको प्रयास: मन्त्रालयमा चार पक्षीय छलफल सम्पन्न

वैशाख २६, काठमाडौँ । वैदेशिक रोजगार क्षेत्रमा भएका कयौं बेथिति र अवैध क्रियाकलाप समाधान गर्ने उदेश्यले मंगलबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर व्यवसायीहरु, अभिमुखीकरण तालिम प्रदायक व्यवसयीहरु र मेडिकल व्यवसायीहरुसंग चारपक्षीय छलफल गरेको छ । 

मन्त्रालयमा आयोजित उक्त विशेष छलफल कार्यक्रममा श्रममन्त्री डीपी अर्यालले वैदेशिक रोजगार क्षेत्रको बिबिध पक्षमा सुधार गर्न आफूले धेरै काम गर्न लागेको भन्दै सम्बन्धित पक्षबाट पनि सुझाव सहितको छलफल गरेका हुन् । छलफल कार्यक्रममा श्रममन्त्री अर्यालले व्यवसायीहरुले आ-आफ्नो पक्षमा भएको बेथिति र श्रमिकलाई भार पर्ने गरि भएका बिबिध अबैध क्रियाकलापहरु व्यवसायीहरु आफैले सुरु गरेको र अब आफैले क्रमश सुधार गर्न आग्रह गरेका छन् । छलफलमा व्यवसायीलाई जोड्दै मन्त्री अर्यालले यो क्षेत्र सुधारको लागि मन्त्रालयले क्रमश: रचनात्मक काम गरिरहेको संकेत समेत दिएका छन् । 

मन्त्री अर्यालसँगको बसाईको क्रममा तीनै पक्षका व्यवसायीहरुले आ-आफ्नो क्षेत्रको समस्या र समाधानको उपायहरुबारे मन्त्री अर्याललाई सुझावहरु दिएका छन् । साथै व्यवसायीहरुले वैदेशिक रोजगार क्षेत्रभित्र भएका कयौं समस्यामा बिचौलियाहरुको प्रभाव र कमिसनको खेल भईरहेको विषयलाई स्वीकार्दै आफ्नो क्षेत्र सुधार्न एजेन्टहरुको बिगबिगी अन्त्य गर्नुपर्ने बताएका छन् । 

छलफल कार्यक्रममा वैदेशिक रोजगार अभिमुखिकरण तालिमको पाठ्यक्रम परिमार्जन, सेवा-सुविधा, मापदण्ड र गुणस्तर लगायात बिबिध बिषयमा सुधार आवश्यक रहेको विषय उठान गरिएको छ । छलफलकै क्रममा अभिमुखिकरण तालिम प्रदायक व्यवसायीहरुकै सक्रियतामा कमिसन, सेटिङ, मनपरी र सिन्डिकेट लगाइएको विषयको आलोचना भएको छ । 

त्यस्तै छलफल कार्यक्रममा उपस्थित मेडिकल व्यवसायीहरुले वैदेशिक रोजगार क्षेत्रसँग जोडिएका मेडिकल संस्थाहरुमा ठूलो समस्या रहेको भन्दै समाधानको उपाय सहित बिबिध सुझावहरु दिएका छन् । व्यवसायीहरुले हुम्लामा रहेको व्यक्तिको मेडिकल काठमाडौँमा भईरहेको भन्दै अब मेडिकलमा पनि आइरिस सिस्टम जोड्न पर्ने र रिपोर्ट व्यवस्थापनको लागि सफ्टवेयरको प्रयोग गर्न अनुरोध गरे । यो क्षेत्र व्यवस्थित गर्न सके चिया पसलमा पनि मेडिकल गरिन्छ भन्दै भईरहेको बेथितिको आफै अन्त्य हुने व्यवसायीहरुले दावी गरे । 

त्यस्तै छलफल कार्यक्रममा म्यानपावर व्यवसायीहरुले वैदेशिक रोजगारमा जान लागत बढिरहेको सम्बन्धमा सरकारले तत्काल मागपत्र प्रमाणीकरणको व्यवस्थापन र म्यानपावरले लिने सेवा-सुविधा तोकेर त्यसको व्यवहारिक व्यवस्थापन गर्नुपर्ने बताएका छन् । 

हेर्नुहोस् पुरा रिपोर्ट: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने