७ फाल्गुन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

९ जेष्ठ २०८१, बुधबार ११:४३

जेठ ९, काठमाडौँ ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भन्ने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने ३६ वर्षीय बिशाल हमाल, काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र सप्तरी कोईलाली गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने ४५ वर्षीय सैलेश कुमार झा रहेका छन् ।   

पक्राउमध्ये बिशालले अमेरिका पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख ७० हजार रूपैयाँ, प्रशान्तले अष्ट्रेलिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ र सैलेशले युके पठाईदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ४० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बिशाललाई काठमाडौं लाजिम्पाटबाट, प्रशान्तलाई काठमाडौं बागबजारबाट र सैलेशलाई काठमाडौं तिनकुनेबाट पक्राउ गरेको  हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो ? प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिन्छ : सभामुख घिमिरे जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् :राष्ट्रपति बुधबारका लागि विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस आज देशभर प्रजातन्त्र दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै मौसम: तराई हुस्सु, उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना केआईआईटी घटनाको समाधान नभए एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी सरकारलाई चन्द्र भण्डारीको प्रश्न- ओडिसाबाट विद्यार्थी लिएर आउन कसले रोकेको छ ? सचिव कुट्ने वडाध्यक्षलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति कोटीहोम रोक्न परेको रिटमा कारण देखाऊ आदेश जारी च्याम्पियन्स ट्रफीको अघिल्लो दिन पाकिस्तानमा हमलाः ४ सैनिकको मृत्यु प्रकृतिका बुवा सुनिल भन्छन्– ह्यारेसमेन्ट र ब्ल्याकमेलिङका कारण आत्महत्या निर्देशन विपरीत सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो अपलोड गर्ने १ सय २० जना सशस्त्र प्रहरी कारबाहीमा सामाजिक सञ्जाल विधेयक जस्ताको त्यस्तै पारित गरिनु हुँदैन: डा शेखर कोइराला डोनाल्ड ट्रम्पविरुद्ध गोविन्द केसी सडकमा प्रकृति र आरोपि केटाबीचको अडिओ भाइरल भएपछि मात्र युवक पक्राउ, अडिओमा के छ? कुलमानप्रति उर्जामन्त्री रुष्ट, संसद्‌मै भने– ‘कुलमानले सरकारलाई टेर्नु हुन्न’ सभामुखले तेस्रो पटकसम्म शून्य समयमा बोल्न बोलाउँदा पनि सुमना नबोलेपछि… एक सातादेखि हराइरहेका पुरुष जंगलमा मृत भेटिए केआईआईटीमा रहेका नेपाली विद्यार्थीको अवस्था बुझ्न पुगे नेपाल प्रहरी