2026-09-24 09:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

रोजगार मेलाले श्रमिक र रोजगारदाता बीचको खाडल पुर्नेछ: श्रममन्त्री

जेठ २३, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले रोजगारदाता र श्रमिकको बिचको खाडल पुर्न श्रमाधान रोजगार मेलाको आयोजना गरिएको बताएका छन् । बुधबार लुम्बिनी प्रदेशको वुटवलमा आयोजित श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री अर्यालले रोजगारदाता र श्रमिकलाई एकै स्थानमा भेट गराउन श्रम मन्त्रालयले सातै प्रदेशमा श्रमाधान रोजागर मेलाको आयोजना गरेको बताएका हुन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रा्लय, उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय, बुटवल उपहानगरपालिका र नेपाल उद्योग परिसंघ (सिएनआई) को संयुक्त रूपमा लुम्बिनी प्रदेशमा आज देखि मेलाको शुरुवात गरिएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दे मन्त्री अर्यालले रोजगारदाताले दक्ष श्रमिक नपाएर विदेशबाट ल्याउनुपर्ने र श्रम बजारमा आएका युवाले रोजगारी नपाएर विदेश जाने अवस्थाको अन्त्य गर्न आवश्यक भएको बताएका छन् । यस खालको समस्या समाधानमा यो मेलालाई भरपूर्ण प्रयोग गर्न पनि उनले आग्रह गरेका छन् । “यो मेलाबाट रोजगारदाता र श्रमिकबीच सम्बन्ध विस्तार हुनेछ । मेलाबाट तुरून्तै यति संख्यालाई रोजगारी दिन्छौ भन्ने भन्दा पनि दीर्घकालसम्म नेपालका उद्योग प्रतिष्ठानमा आवश्यक पर्ने जनशक्तिको यथार्थ विवरण र रोजगारीमा चाहेकाले कस्तो सीप चाहिँदो रहेछ भन्ने जानकारीका लागि धेरै महत्वपूर्ण हुनेछ,” उनले भने । 

त्यस्तै, लुम्बिनी प्रदेश सरकारका आन्तरिक मन्त्रालयका सचिव लालबाबु कवारीले यस मेलालाई रोजगारदाता र श्रमिकको सम्बन्ध विस्तारका लागि उपयोग गर्न सकिने बताए । यस मेलाले हाल स्वदेशमा रोजगारी नपाएर विदेश पलायन हुनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्यका लागि तत्काल परिणाममा नदेखिए पनि दीर्घकालसम्म राम्रो परिणाम दिने बताए । 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले कस्तो विषय पढेमा वा सीप सिकेमा स्वदेशमा पढेर रोजगारी पाइन्छ भन्नेमा यो मेला बढी उपयोगी हुने विश्वास व्यक्त गरे । लुम्बिनी प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण शर्माले रोजगारदाता कम्पनीले स्वदेशमा दक्ष श्रमिक नपाउने ठूलो समस्या रहेको र सिक्दै गरेकोलाई दक्ष बनाएपछि विदेश पलायन हुने अवस्थाले आफूहरू समम्स्या परेको बताए । ‘ रोजगारदाताले आफूले चाहेजस्तो दक्ष जनशक्ति नपाएको र श्रमिकले आफूले चाहेजस्तो रोजगारी नपाएकाले अवस्थालाई अन्त्य गर्न यो मेलालाई शुभ संकेत दिन्छ । रोजगार दिने र रोजगारी चाहने दुबैको मिलन गराएर स्वदेशमै केही गर्ने वातावरण र्सिजना गर्न सहयोग पुग्नेछ,” उनले भने । 

लुम्बिनी प्रदेश रोजगार मेला बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (विआइसीसी) भएको छ । मेला जेठ २३ गते र २४ गते दुई दिनसम्म चल्नेछ । मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर कार्यक्रमले नेटवर्किङ र रोजगारीको लागि अनुकूल वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ । 

लुम्बिनी प्रदेशमा हुने मेलामा बेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमामाग सङ्कलन गर्न सहयोग पुग्ने बताइएको छ । मेलामा सहभागिताका लागि ४१ स्टल राखिएका छन । यही १७ गते कोशी प्रदेशबाट सुरू भएको श्रमाधान रोजगार मेला वागमती प्रदेशको ललितपुरमा कार्यक्रम गरेपछि ३० गते सम्पन्न हुनेछ । यसबीचमा श्रमधान तथा रोजगार मेला कोशी प्रदेशमा १७ र १८ गते, मधेश प्रदेशमा १९ र २० गते, गण्डकी प्रदेशमा २१ र २२ गते र लुम्बिनी प्रदेशमा २३ र २४ गते सञ्चालन भइरहेको छ । कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुनेछ भने बाग्मती प्रदेशमा ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी