अमृता बस्नेत (धादिङ) | सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा काम गरेको पनि झण्डै डेढ बर्ष भयो । यसै सिलसिलामा धादिङका  १० वटा गाविसहरु घुमियो बैदेशिक रोजगारका अवसर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अमृता बस्नेत (धादिङ) | सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा काम गरेको पनि झण्डै डेढ बर्ष भयो । यसै सिलसिलामा धादिङका  १० वटा गाविसहरु घुमियो बैदेशिक रोजगारका अवसर "/>
2026-09-03 03:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण विदेशमा भनेजस्तो काम र तलब हुँदैन

अमृता बस्नेत (धादिङ) | सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा काम गरेको पनि झण्डै डेढ बर्ष भयो । यसै सिलसिलामा धादिङका  १० वटा गाविसहरु घुमियो बैदेशिक रोजगारका अवसर तथा चुनौतिहरु केलाउन । गाउँ छिरेपछि विदेश नजानेको घर भेट्न निक्कै मुस्किल पर्छ । मैले पनि गाउँ जाँदा यस्तै घर भेटें । कसैका बुवा, कसैका दाइ कसैका दिदी अनि कसैका आमा विदेशमा छन् । त्यस्तै कोही वैदेशिक रोजगारीमा जान तयारी गर्दै गरेका भेटिए त कोही विदेशबाट फर्किएर आफ्नै व्यवसायमा लागेका । त्यसमा पनि कमाउने सपना लिएर विदेश गएर उतै हराएकाको घरमा पुग्दा मन अमिलो हुन्छ । 

यो डेढ बर्षमा धेरै मनिससँग भेट भयो ।  धेरै कमाएर नेपाल फर्केका र नेपलमा आफ्नै लगानीले व्यवसाय गरिरहेकाहरु भेटिए । उनीहरुकै भीडमा बिदेशमा लामो समय बिताएर पनि रित्तै फर्किएकाहरुलाई भेट्दा उनीहरुकै पीडा छुन्छ । पैसा कमाएर फर्किए हुन या रित्तै उनीहरुको साझा भनेको विदेशमा गरेको दुःख नै थियो । त्यो पनि भनेको जस्तो काम र तलब नपाएर भोग्नुपरेको दुःख । 

सलाङ ८ धादिङका बासु सिलवाल नेपाल फर्केको १ महिना जति भयो । खाल्टे १ का सिताराम ढुङ्गाना र खाल्टे ५ का बिनोद दाहाल पनि नेपाल फर्किनुभएको छ । किन फर्किनुभएको त ? मसँगको भेटमा सबैको साझा उत्तर आयो दुःख भयो । उत्तर जस्तै साझा थियो उहाँहरुले दुःख पाउनुको कारण पनि । बिदेशमा भनेको जस्तो काम र तलब नहुनु । 

गाउँमा दुःख पाएकाहरुलाई भेटेपछि मैले धादिङको सूचना केन्द्रले राखेको रेकर्ड हेरें । रेकर्डमा गएको बर्ष ६१ जना विदेशमा भने अनुसारको काम र तलब नपाएर समस्यामा परेको देखें । तीमध्येमध्ये ३८ जना नेपाल फर्किएका छन् । रेकर्डमै रहेका बाँकी २३ जनाको हालत पनि त यही होला म सोचिरहेको छु । मैले भेटेकामध्ये बासु सिलवालले भन्नुभएको थियो ‘मैले काम गर्ने कम्पनीमा मात्रै १ सय ४५ जना नेपाली बाध्य भएर काम गरिरहेका छन ।

कोही नेपाल फर्किंदा पनि काम पाउन मुस्किल भनेर काम गरिरहेका छन् भने धेरैको साझा समस्या छ नेपाल फर्किएर आउँदा लागेको ऋण कसले तिरिदिन्छन् । 

दाङका श्रीराम राना र जोग बहादुर रानाको कथापनि उस्तै थियो । २ महिनादेखि  कतारमा फायर फाइटिङको काम गरिरहेका उहाहरु भन्नुहुन्छ , काम धेरै गाह्रो छ, ठुलो ठुलो पाइपहरु बोकेर तलमाथि गर्नुपर्छ । प्लम्बरको काममा भनेर लगिएका श्रीराम र जोगलाई अर्कै काम लगाएको रहेछ । उहाँहरुले नेपाल फर्किने प्रयास पनि गर्नुभयो तर साहु न नेपाल फर्किन दियो न त भने जति पैसा नै दियो । त्यसैले अहिले पनि उहाँहरु समस्यामै हुनुहुन्छ । 

धादिङको बसेरी ५ का रेन्जु ढकाल गर्दा गर्दैको शिक्षक पेशा छोडेर भिजिट भिसामा दुवई पुग्नुभयो । त्यो पनि राम्रो काम पाइने आशमा । तर त्यहाँ पुगेपछि न खानको टुङगो भयो न त काम नै । धेरै कमाउने लोभमा रेन्जुले १ लाख ७० हजार पनि डुबाउनुभयो । 

बासु सिलवाल चाहिँ चार बर्ष अघि साउदी जानुभएको थियो । २ वर्षसम्म त कमाइ राम्रै भएछ । त्यसैले २ बर्षमा ६ लाख पनि पठाउनु भएको थियो रे तर त्यसपछि भने कम्पनीको व्यवस्थापन फरक भयो र तलब दिन छोड्यो । आज देला भोलि देला  भन्दा भन्दै ६ महिना बित्यो तर तलब आएन काम पनि फरक पर्यो । त्यसपछि ६ महिनाको तलब माया मारेर उल्टो ४० हजार रुपैयाँ आफ्नो खर्च गरेर नेपाल फर्कनुभएको छ । जति जनालाई भेटें उनीहरुका पीडा आ–आफ्नै थिए तर कारण एउटै थियो भने अनुसारको काम र कमाई नहुनु । 

मैले सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दाको छोटो अनुभवले काम तलब फरक पर्नुमा मुख्य ३ वटा कारण देख्छु । पहिलो सुरुमै कम्पनी नराम्रो पर्नु, दोस्रो नबुझी भिजिट भिषामा जानु र तेस्रो चाहिँ कम्पनी घाटामा गएर बन्द हुनु ।  

त्यसैले कसैले जाने बित्तिकैदेखि दुःख पाइरहेका छन भने कसैले धेरै बर्ष काम गरेर घर फर्किने बेलामा । त्यसैले बैदेशिक रोजगारमा जानुुुु अघि नै आफु जान लागेको कम्पनी कस्तो हो ? त्यहाँ के काम गर्नुपर्ने हो ? तलब कति हुन्छ ? आफु जान लागेको भिषा के हो जस्ता सबै कुरा बुझ्नु जरुरी छ । त्यस्तै कम्पनी राम्रो भयो भन्दैमा करार अवधि सकिएपछि पनि बस्ने गर्न हुँदैन । अनि भनेको काम र दाम पाइन भनेर कम्पनी छोडेर अवैधानिक भएर पनि काम गर्नु हुँदैन । यी कुरालाई ध्यान दिन सके विदेशमा भने जस्तो काम र तलब नहुने समस्याबाट जोगिन सकिन्थ्यो कि ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे