७ जेष्ठ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कम्बोडिया,न्युजिल्याण्ड,फ्रान्स पठाईदिन्छु भनि ३ सयभन्दा बढी जनाबाट १५ करोड ठग्ने ३ जना पक्राउ

२९ जेष्ठ २०८१, मंगलवार ११:१८

जेठ २९, काठमाडौँ | बैदेशिक रोजगारका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पठाई दिन्छु भनि ३०० जना भन्दा बढीबाट करिब १५ करोड रकम ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा चितवन भरतपुर म.न.पा. वडा नं.१८  घर भई हाल काठमाडौँ टोखा न.पा बस्ने २८ वर्षीय राजकुमार भट्ट, कास्की पोखरा म.न.पा. वडा नं.०८ घर भइ हाल चितवन, भरतपुर म. न.पा. वडा नं.०८ बस्ने २३ वर्षीय पवन पन्त र कास्की माछापुच्छ्रे गा.पा. वडा नं. ०८ घर भई हाल कास्की पोखरा म.न.पा. वडा नं.०९ पृथ्वीचोक बस्ने २२ वर्षीय नविन वि.क.रहेका छन् ।   

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यो समूहले फेसबुक, म्यासेन्जर, whatsapp लगायतका सामाजिक संजालमा Rabin Aale Magar, Manoj jung Thapa, Mahesh Thapa लगायतका Fake Id बनाएर आकर्षक तलब भत्ता पाउने गरी नेपालीहरुलाई वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पठाइदिने भनि विज्ञापन सार्वजनिक गरेका थिए | त्यसरी सम्पर्कमा आउने मानिसहरुलाई विभिन्न व्यक्तिहरुको बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेका थिए । 

त्यसपछि भिसा, वर्क परमिट, होटल बुकिङ, पुलिस रिपोर्ट लगायतका नक्कली कागजात तयार पारेर ५ देखि १० लाख रुपैयाँसम्म उठाउने र सम्पर्कविहीन हुन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

उक्त जम्मा हुन आएका रकमहरु चेकमार्फत् निकाल्न लगाएर उनीहरूले भनेबमोजिमका मानिसहरुलाई भेटेर नगदै दिन लगाई तथा विभिन्न खाताहरुमा ट्रान्जेक्सन गराई ठगी गर्दै आएका थिए । पीडितले जसको खातामा रकम जम्मा गरेको हो, उसैका विरुद्ध उजुरी दिने गरेका थिए । 

यति मात्रै नभएर विभिन्न व्यक्तिहरुले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा  नविन चौधरी समेत १५ जनाको निवेदन तथा जाहेरी दरखास्त गरेका थिए भने विकाश राणा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजु कुमार बस्नेत समेत भएको वैदेशिक रोजगार ठगी मुद्दामा धरौटी तिर्न नसकी हाल कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका राजुकुमार बस्नेतले कारागार कार्यालयको च.नं. ४७६३ मिति २०८१/०२/१६ गतेको पत्र मार्फत् कार्यालयमा ठगी सम्बन्धी कसूरमा जाहेरी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४९.०९ अंकले बढ्यो,२२९ कम्पनीका मूल्यमा वृद्धि नगर प्रहरी प्रमुख पाण्डेलाई ७ दिनको म्याद दिएर,७ बुँदे स्पष्टीकरण गर्मीमा फोन चलाउँदा ध्यान दिनुपर्ने कुराहरु ,नभए दुर्घटना हुन सक्छ ………. विद्युतीय अपराध सम्बन्धी कसुरमा गाउँपालिका अध्यक्ष पक्राउ कांग्रेस–एमालेको सरकार बनाउनुको उद्देश्य अझै पूरा नभएको : योगेश भट्टराई जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह राष्ट्र बैंकको गभर्नर कांग्रेस निकट पौडेललाई बनाउने सहमति वनमन्त्री शाही चीन प्रस्थान ‘गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछ’ तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी भिमफेदीमा गाडी दुर्घटना हुँदा १४ जना घाइते,३ जनाको अवस्था गम्भीर छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई ९० सालको भूकम्पमा भत्किएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण आगलागीका कारण रु ११ लाख बराबरको क्षति हरियो धनियाँमा अत्यधिक विषादी,४५ प्रतिशतभन्दा बढी खान अयोग्य ओझेलमा अनौठो कुवा भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै पोखरा आसपास भूकम्पको धक्का महसुस नेपालमा भूकम्पको धक्का महसुस