2026-10-15 11:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेसिया स्थित कम्पनीद्वारा नेपालको म्यानपावर माथि प्रतिबन्ध (बिज्ञप्ति सहित)

असार ६, काठमाडौँ । एजेन्टहरु मार्फत सेटिङ मिलाएर नेपाली कामदारहरुसँग चर्को अशुली गरेको आरोपपछि मलेसिया स्थित केएलके कम्पनीले मलेसियाको एजेन्सी र नेपालको म्यानपावर एजेन्सीलाई प्रतिबन्ध लगाएको घोषणा गरेको छ । नेपालमा एसओएस म्यानपावर र यसका सब-एजेन्टहरू विरुद्ध अनैतिक भर्ती अभ्यास भएको समाचार रिपोर्ट साझा सबाल मिडिया मार्फत ‘SOS म्यानपावरद्वारा निशुल्क कोटा भन्दै अन्तर्वार्ता गराएर अशुली, श्रममन्त्रीले दिए छानबीनको निर्देशन‘ शिर्षकमा सार्वजनिक भएपछि यस्तो घोषणा गरिएको हो ।

\

केएलकेको आफ्नो सहायक कम्पनि केएल केपुङ रवर प्रडक्ट्स एसडीएन बिएचडीले एजेन्सी कम्पनीले Pekerjaan UKHWAH Sdn Bhd सँग तत्काल कुनै पनि सम्झौता नरहने घोषणा गरेको छ । साथै उक्त कम्पनीले नेपालको धापासी स्थित एसओएस म्यानपावर सर्भिस प्रालिसँग पनि सम्बन्ध बन्द भएको विज्ञाप्ति मार्फत जनाएको छ ।

उक्त कम्पनीले एक स्वतन्त्र तेस्रो-पक्ष मूल्याङ्कन मार्फत कामदारको उचित परिश्रम, मानक सञ्चालन प्रक्रियाहरू र गुनासो व्यवस्थापन बढाउन सिफारिसहरू प्रदान गरेको जनाउँदै, यो नीतिलाई KL-Kepong रबर उत्पादनहरू र समूह कार्यान्वयन गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ ।

विज्ञाप्तिमा केएललेले अनुसन्धानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै भनेको छ – “स्थानीय समूह र स्रोत देशहरूमा श्रमिक भर्तीलाई नियन्त्रित गर्ने अन्तर्राष्ट्रिय मापदण्डहरू र श्रम कानूनहरूको पालना गर्न प्रतिबद्ध छ र हाम्रा अतिथि कामदारहरूको हितको रक्षा गर्न कडा नो-भर्ती शुल्क नीति जारी राख्नेछ । हामी सबै रिपोर्टहरू गम्भीरताका साथ लिन्छौं र अगाडि आएका सबै सम्बन्धित पक्षहरूलाई धन्यवाद दिन्छौं।” 

नेपालमा एसओएस म्यानपावरले सब एजेन्टहरुको प्रयोग गरि उक्त कम्पनीमा नेपाली कामदार पठाउँदा चर्को लागत अशुलि गरेको रिपोर्ट सार्वजनिक भएपछि उक्त कम्पनीका प्रतिनिधि नेपालमै आएका थिए । साथै तेश्रो स्वतन्त्र पक्षले रिपोर्टको सत्यतामाथि अनुसन्धान अगाडी बढाएको थियो । उक्त अनुसन्धानपछि पीडित प्रमाणित भएका नेपाली युवाहरुलाई कम्पनीले क्षेतीपूर्ति समेत दिएको थियो । 

रोजगारदाताले कारवाही गर्यो, बिभाग भने मौन !

केएलके मलेसिया निशुल्क नेपाली कामदार लैजाने कम्पनी हो । नैतिक भर्ना प्रक्रिया अन्तर्गत कामदार पठाउनुपर्ने केएलके कम्पनीमा एसओएस म्यानपावरले सब एजेन्टहरु प्रयोग गरि २ लाख ६० हजारसम्म रकम उठाएको सम्बन्धमा साझा सबाल मिडियाबाट बिभिन्न प्रमाण सहित समाचार रिपोर्ट सम्प्रेषण भएको थियो । म्यानपावरले एजेन्टलाई मलेसिया रोजगारमा जान लागेका युवाहरुले पैसा नतिरेकै कारण म्यानपावर र वैदेशिक रोजगार बिभागका कर्मचारीको मिलिमतोमा अन्तिम श्रम-स्वीकृति र भिसानै रद्ध गरिदिएको थियो । 

वैदेशिक रोजगारमा जान अन्तिम श्रम स्वीकृति लिईसकेका कामदारको स्वीकृति रद्ध गरिदिएको सम्बन्धमा म्यानपावर एजेन्सी र बिभाग कर्मचारीको मिलिमतो भएको विषयमा बिभाग हालसम्म मौन छ । यो प्रक्रियामा म्यानपावरका प्रतिनिधि वा बिभागका कर्मचारी कारवाहीको दायरामा आउनुपर्ने हुन्छ । यस सम्बन्धमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले सचिव मार्फत बिभागलाई छानबिनको लागि निर्देशन दिएका थिए ।

रोजगारदाताले नेपालबाट कामदार लैजाने क्रममा मलेसियाको एजेन्सी र नेपालको म्यानपावर एजेन्सी मार्फत अबैधानिक गतिबिधि भएको निष्कर्ष सहित प्रतिबन्ध सहितको बिज्ञप्ति जारी गरिसक्दा वैदेशिक रोजगार क्षेत्रको बेथिति नियन्त्रण गर्न जिम्मेवार निकायहरुले यो विषयलाई अनदेखा गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने