2026-10-15 11:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

म्यानपावरहरुमा एकाएक तरंग: फ्री भिसा फ्री टिकटमा कामदार पठाएको विवरण मागियो

असार १७, काठमाडौँ । वैदेशिक रोजगार बिभागले सबै म्यानपावरहरुसँग फ्री भिसा फ्री टिकटमा पठाएको कामदारहरुको सम्पर्क नम्बर सहितको विवरण मागेको छ । बिभागले यस्तो विवरण मागेसंगै म्यानपावरहरुमा एकाएक तरंग उत्पन्न भएको छ । 

बिभागले माग गरे अनुसार म्यानपावरले दिने विवरणमा रोजगारमा जाने श्रमिकहरुको नम्बर सहित उल्लेख गरि विवरण पठाउन १५ दिनको म्याद दिईएको हो । म्यानपावरहरुले खाडीका ६ राष्ट्र सहित मलेसिया रोजगारमा डिमाण्ड ल्याउँदा फ्री भिसा फ्री टिकटको कोटा भएको कागजात सरकारी निकायमा बुझाएर  बिज्ञापनमा समेत फ्री भिसा फ्री टिकट उल्लेख गरि डिमाण्डहरु ल्याउने गरेका छन् । तर ति मध्ये ९० प्रतिशत भन्दा बढी कामदारले वैदेशिक रोजगारमा जाँदा सरकारले तोकेको भन्दा चर्को लागत तिरेर वैदेशिक रोजगारमा जान बाध्य छन् । मागपत्र प्रमाणीकरण गराउँदा म्यानपावरहरुले दुतावासमा बुझाउने कागजी विवरण फ्री भिसा फ्री टिकट अन्तर्गतकै पेश हुने गरेको छ । तर केहि शुन्य लागतमा मात्र कामदार पठाउने म्यानपावर बाहेक अधिकांशले कामदारको माग ल्याउँदा कागजी प्रक्रिया मात्र फ्री भिसा फ्री टिकट अनुसारको पुराएर कामदार पठाउँदा भने बिचौलियाहरु प्रयोग गरि चर्को अशुली गर्ने गरेको गुनाशो चौतर्फी छ । 

मनपरी लागतको बेथिति अन्त्य गर्न नसक्दा सरकारको चर्को आलोचना हुँदै आएको छ । त्यसो त सरकारी निकायले नियमन गर्न नसक्दा व्यवसायीहरुबीच चर्को अस्वस्थ प्रतिष्पर्धा समेत बढ्दै आएको छ ।

सरकारले अब विवरण मागे अनुसार निशुल्क कामदार पठाउने केहि म्यानपावरले मात्र कामदारको सम्पर्क नम्बर सहित यस्तो मागे बमोजिमको विवरण पठाउन सक्ने देखिन्छ । बिभागले निशुल्क को-को लाई पठाएको हो, उनिहरुको सम्पर्क नम्बर सहित विवरण मागेपछि फ्री भिसा फ्री टिकटमा कामदार नपठाएका अधिकांश म्यानपावर व्यवसायीहरुमा तरंग सृजना भएको छ ।   

हेर्नुहोस् सूचना: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने