2026-10-15 11:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

निशुल्क कामदार पठाउने म्यानपावरहरुको पहिचान किन गर्दैछ बिभाग ? सात दिनमा १४ म्यानपावरले बुझाए विवरण

असार २४, काठमाडौँ । वैदेशिक रोजगार बिभागले चालू आर्थिक वर्ष अन्तर्गत २०८०/०८१ मा फ्री भिसा फ्री टिकटमा कामदार पठाएको विवरण माग गरेसंगै बिभिन्न १४ म्यानपावर कम्पनीले बिभाग समक्ष विवरण पेश गरेका छन् । 

बिभागले विवरण मागेको सात दिनको अवधिमा बिभिन्न १४ म्यानपावरले विवरण पेश गरेका हुन् । बिभागले तोकेको म्याद सकिन अब थप आठ दिन बाँकी छ । थप अवधिमा थप म्यानपावरले विवरण बुझाउने समय छ । 

यसअघि असार १७ गते बिज्ञप्ति जारी गर्दै बिभागले म्यानपावर व्यवसायीहरूसँग फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण माग गरेको थियो । बिभागले माग गरे अनुसार विवरण बुझाउने तयारीमा अरु पनि म्यानपावरहरुको तयारी रहेको बुझिएको छ । विभागले सोमबार सार्वजनिक गरेको सूचना अनुसार १४ वटा कम्पनीले फ्री भिसा, फ्री टिकट लागू गरेको देखिएको छ । विवरण बुझाउने म्याद अझै बाँकी भएकोले यो संख्या अझै थपिन सक्ने देखिएको छ । 

बिशेषगरि शुन्य लागतमा कामदार पठाउने केहि म्यानपावर कम्पनीहरुले सरकारलाई विवरण बुझाउन सक्नेछन् । 

विवरण बुझाएका म्यानपावरहरुबाट यो आर्थिक बर्ष वैदेशिक रोजगारमा जाँदा कसैले पैसा तिरेको छ भने बिभागमा उजुरी दिन बिभागले सूचना मार्फत आग्रह गरेको छ । 

म्यानपावरहरुले खाडीका ६ राष्ट्र सहित मलेसिया रोजगारमा डिमाण्ड ल्याउँदा ‘फ्री भिसा, फ्री टिकट’को कोटा भएको कागजात सरकारी निकायमा बुझाएर  बिज्ञापनमा समेत फ्री भिसा फ्री टिकट उल्लेख गरि कामदार पठाउने गरेका छन् । तर ति मध्ये ९६ प्रतिशत कामदारले वैदेशिक रोजगारमा जाँदा सरकारले तोकेको भन्दा चर्को लागत तिरेर वैदेशिक रोजगारमा गईरहेको गुनाशो गर्ने गरेका छन् । म्यानपावरहरुले रोजगारदाताले सेवाशुल्क र टिकट नदिने, बिचौलियाहरुबाट डिमाण्ड किन्नेदेखि दुतावासका कर्मचारीहरुले समेत मागपत्र प्रमाणीकरणको क्रममा बार्गेनिङ गर्दा शुल्क अशुल्न बाध्य भईरहेको बताउने गरेका छन् । 

वैदेशिक रोजगार बिभागले शुन्य लागतमा कामदार पठाउने नीति अनुसार काम गरिएरहेका म्यानपावर कम्पनीहरुलाई सम्मान नगरेको नीति अनुसार काम गर्नेहरुलाई समेत एकै तराजुमा राखेर बदनाम गर्ने गरेको भन्दै आलोचना हुने गरेको छ । २०७२ मा फ्री भिसा फ्री टिकटको नीति लागु भए पछि बिभागले पहिलो पटक सरकारी नीति अनुसार काम गर्ने म्यानपावरको विवरण मागेको हो । विवरण मागेपछि  सम्बन्धित म्यानपावरहरुलाई धन्यवाद सहित सम्मान गर्ने योजना बिभागको छ ।

वैदेशिक रोजगार बिभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले निशुल्क कामदार पठाउने म्यानपावरको विवरण अनुसार सम्बन्धित म्यानपावरहरुबारे जानकारी वैदेशिक रोजगारमा जाने युवाहरुलाई होस् भन्ने हेतुले मागिएको बताएका छन् । उनले निशुल्क कामदार पठाउने म्यानपावरहरुको पहिचान गर्दा वैदेशिक रोजगारमा जानेहरुलाई समेत सहज हुने बताए । त्यस्ता म्यानपावरहरुलाई सरकारले हेर्ने दृष्टिकोण समेत सकारात्मक हुने साथै जनताको नजरमा सबै म्यानपावरलाई हेर्ने नकारात्मक नजर परिवर्तन हुने भन्दै म्यानपावर क्षेत्रमा नीति अनुसार काम गर्ने म्यानपावर पनि छन् भन्ने भावना पैदा गर्न लागिएको सुवेदीको भनाई छ । सुवेदिले केहि म्यानपावरहरुले पासपोर्ट बनाउदादेखि वैदेशिक रोजगारमा जाँदासम्म निशुल्क नेपाली कामदार पठाईरहेको विवरण समेत बिभागमा पठाएको बताएका छन् । यस सम्बन्धि सम्पूर्ण विवरण अर्को साता सार्वजनिक गर्ने बिभागले जनाएको छ ।  

त्यस्तै वैदेशिक रोजगार बिभागका महानिर्देशक डण्डुराज घिमिरेले फ्री भिसा फ्री टिकटको वास्तविक अवस्था पहिचान गर्न विवरण माग गरिएको बताएका छन् । महानिर्देशक घिमिरेले नीति अनुसार कति म्यानपावरले कामदार पठाए, कति प्रतिशत कामदार नीति अनुसार रोजगारमा गएका छन् भन्ने पहिचान गर्न खोजिएको बताए । कुन-कुन म्यानपावरले निशुल्क कामदार पठाउने गरेका छन् भन्ने पहिचान गरेर त्यस्ता म्यानपावरलाई संरक्षण तथा पर्वर्दन समेत गर्न खोजिएको घिमिरेको भनाई छ । महानिर्देशक घिनिरेले विवरण बुझाउने तथा नबुझाउने म्यानपावरहरु बिरुद्ध उजुरी आउँदा पनि सहजै पहिचान गर्न सकिने तथा कामदारसँग पैसा लिने र नलिनेको अनुपातलाई व्यावहारिक रुपमा पहिचान गर्न खोजिएको बताए । घिमिरेले विवरण अनुसार सम्बन्धित म्यानपावर कम्पनीहरुआई सहयोग र पुरस्कृत गर्ने तथा सहजीकरण गरिदिन बिभाग प्रतिबद्ध रहेको बताए । उनले वैदेशिक रोजगार क्षेत्रलाई क्रमश फिलिपिन्स मोडललाई पछ्याएर व्यवस्थित गर्नुपर्ने धारणा राखे ।  

यता फ्री भिसा फ्री टिकटमा कामदार पठाईरहेको दावी गर्दै बिभागमा विवरण पेश गर्ने एफएसआई वर्ल्डवाइड नेपाल प्रालिका संचालक बुद्धि बहादुर गुरुङले आफ्नो म्यानपावरबाट वैदेशिक रोजगारमा निशुल्क कामदार गईरहेको दावी गरे । नेपालमा आवश्यकता अनुसार दक्ष कामदार नपाएको उनको गुनाशो छ । उनले आफ्नो म्यानपावरमा आएका डिमाण्डहरुमा रोजगारमा जाँदा नेपाली कामदारले पैसा तिर्न नपर्ने बताएका छन् । उनले आगामी बर्षहरुमा पनि शुन्य लागतमै कामदार पठाउने तयारी स्वरूप काम गरेको बताएका छन् । संचालक गुरुङले सरकारले शुन्य लागतमा कामदार पठाउने म्यानपावरहरुलाई सहजीकरण गर्न मागपत्र प्रमाणीकरण सहजतादेखि धरौटी रकम घटाएर सहयोग गर्नुपर्ने धारणा राखेका छन् । 

त्यस्तै फ्री भिसा फ्री टिकटमा कामदार पठाएको विवरण पेश गर्नेअर्को म्यानपावर मित्र ओभरसीस प्रालिका संचालक नविन कसुलाले वैदेशिक रोजगार क्षेत्र व्यवस्थित नभएको कारण शुन्य लागतमा पठाउन चाहने म्यानपावरहरु घटेको बताउँछन् । यो क्षेत्रव्यवस्थित नहुँदा नीतिगत रुपमा व्यवसाय गर्नेहरु समेत हतोत्साहित भएको उनको भनाई छ । वैदेशिक रोजगार क्षेत्रले देशको अर्थतन्त्रलाइ धेरै टेवा दिएको भन्दै उनले राम्रो गर्न खोज्नेलाई पनि असहज परिस्थिति सृजना भईरहेको बताए । सरकारले नीति अनुसारको व्यवहार गर्ने हो भने धेरै म्यानपावर क्रमश सच्चिदै जाने उनले दावी गरे । उनले आफूले शुन्य लागतमा कामदार लैजान कोसिस गरेर सेवाशुल्क सहित पाएको डिमाण्ड पनि अरु व्यवसायीले सेवा शुल्क नलिई लिने गरेको कारण कतिपय डिमाण्ड गुमाएको भन्दै यस्तो परिस्थितिको अन्त्य हुनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने