2026-10-15 11:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

चार दिन हिरासतमा बसेर डिपोर्ट भए लाखौं खर्च गरेर पोर्चुगल पुगेका ६ जना

साउन ३, काठमाडौँ । पोर्चुगलको अध्यागमन कार्यालयले चार दिन नियन्त्रणमा राखेर गणेशसहित ६ जना युवालाई नेपाल फर्काएको छ। उनीहरुलाई नक्कली भिसा भएकाले पोर्चुगलमा पक्राउ गरी र नेपाल फिर्ता पठाइएको हो।

चार दिन पोर्चुगलको हिरासतमा बसेपछि गणेशसहित रामचन्द्र गौतम, प्रतिकार चिलुवाल, खगराज गौतम, नेत्रबहादुर गुरुङ र सुमित गुरुङ डिपोर्ट भएर पोखरा आइपुगेका हुन् ।

उनीहरू सबैले जनही १८ लाख १३ हजार ८ सय रूपैयाँ कन्सल्टेन्सी कम्पनीलाई बुझाएका थिए। उनीहरूले अध्यागमन विभागमा र जिल्ला प्रशासन कार्यालय, कास्कीमा ठगीविरूद्ध उजुरी गरेका छन्।

वैदेशिक रोजगारीका जानकारहरूले नक्कली भिसामा पोर्चुगल पठाउन वैदेशिक रोजगार विभागका कर्मचारीको समेत संलग्नता रहेको आशंका गरेका छन्। विभागका एक कर्मचारीका अनुसार नक्कली भिसामा सक्कली श्रम स्वीकृति पाउने सम्भावना नै हुँदैन।

‘पोर्चुगल पुगेका युवाहरूको भिसा नक्कली भए पनि श्रम स्वीकृति सक्कली देखियो। यसले विभागका कर्मचारीको संलग्नता देखाउँछ,’ विभागका ती कर्मचारीले भने।

वैदेशिक रोजगार ऐन र निर्देशिकाअनुसार श्रम स्वीकृति लिन भिसा अनिवार्य हुन्छ। भिसा सक्कली हो कि नक्कली भन्ने जाँच गरेर सक्कली भिसा भएकाले मात्र स्वीकृति पाउने व्यवस्था छ। रोजगारीका लागि नेपाली युवा लैजान चाहने देशका कम्पनीले नेपालका प्रतिनिधिलाई मात्र होइन, वैदेशिक रोजगार विभागलाई पनि लैजान चाहेका युवाको संख्या, काम, तलब, सुविधा इत्यादि सबै उल्लेख गरेको पत्र दिनुपर्ने कानुनी व्यवस्था छ।

म्यानपावर कम्पनीले दिएको विवरण र कामदार माग गरेका कम्पनीले पठाएको विवरण मिलेपछि मात्र श्रम स्वीकृति दिनुपर्ने प्रावधान छ। गणेशसहितका ६ जना युवाको हकमा नक्कली भिसामा श्रमस्वीकृति दिएर दलाललाई ठग्न सजिलो बनाइदिएको ती कर्मचारीको भनाइ छ।

‘वैदेशिक रोजगार विभागका कर्मचारीको संलग्नताबिना नक्कली भिसा, नक्कली काम र नक्कली कम्पनीलाई श्रमस्वीकृति दिनै सकिँदैन। विभागले कसरी दिएछ, अचम्ममा छौं,’ ती कर्मचारीले भने।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरूदत्त सुवेदी भिसा नक्कली हो कि सक्कली भनेर जाँच गर्ने ‘मेकानिजम’ नभएको बताउँछन्।

‘श्रम स्वीकृति आवेदनका आधारमा दिए होलान्। भिसा नक्कली हो कि सक्कली भनेर चेक गर्ने मेकानिजम छैन,’ उनले भने, ‘हामी यस विषयमा हेर्दैछौं। नक्कली भिसा भएको भए किन सक्कली श्रम स्वीकृति दिन्छन् र!’

उनले उक्त श्रम स्वीकृति विभागले नभई विभागअन्तर्गत ताहाचलस्थित श्रम कार्यालयले दिएको बताए। यसमा अनुसन्धान हुने पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने