2026-10-15 11:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

शुन्य लागतमा मात्र कामदार पठाउने म्यानपावरहरु: कुनले कति कामदार पठाए ?

साउन ४, काठमाडौं । गत आर्थिक बर्ष २०८०/८१ मा शुन्य लागत तथा नैतिक भर्ना प्रक्रियामा मात्र कामदार पठाएको भनि साझा सबाल मिडिया तथा वैदेशिक रोजगार एप मार्फत दावी गरेका बिभिन्न ६ म्यानपावर कम्पनि छन् ।

जसमध्ये सबैभन्दा बढी कामदार पठाउनेमा ललितपुर स्थित इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रालि रहेको छ । यो म्यानपावरले गत आर्थिक बर्षको १२ महिनामा ३३७८ जना पुरुष कामदार र २०१ जना महिला कामदार पठाएको हो । यो म्यानपावरले मलेसिया सहित युएई र कतारमा पनि शुन्य लागतमा कामदार लागिरहेको दावी गरेको छ । 

त्यस्तै दोश्रो नम्बरमा सिनामंगल अथित आकर्षण इन्टरनेशनल प्रालिले २७७८ जना पुरुष कामदार र २२८ जना महिला कामदार पठाएको छ । यो म्यानपावर कम्पनीले मलेसियामा मात्र कामदार पठाउदै आएको छ । हाल केहि महिना यता भने मलेसियाले आप्रवासी कामदार लगेका छैन । जसको प्रभाव यो म्यानपावरलाई पनि परेको छ । आकर्षणले हालसालै आफ्नो २० औं बार्षिकोत्सव मनाउने क्रममा प्रेस बिज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ‘कामदार विदेश जाँदा लाग्ने सम्पूर्ण खर्चहरु जस्तै भिसा, टिकट, मेडिकल, विमा, कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष आदिका साथै अन्तर्वार्तादेखि उडानसम्मको प्रक्रियामा आउने-जाने गाडीभाडा, खान-बस्नको व्यवस्थापन एवम् राहदानी वापतको शुल्क समेत भुक्तानी दिदै आएको अवगत गराउदछौं ।’ म्यानपावरले बिज्ञप्तिमा थप उल्लेख गर्दै भनेको छ ‘शुन्य लागतको प्रक्रियाबाट वैदेशिक रोजगारमा जाँदा श्रमिकको घर परिवारमा आर्थिक भार नपर्ने साथै राज्यको ढुकुटीमा समेत उल्लेखनीय टेवा पुगिरहेको छ ।’  

यता शुन्य लागतकै भर्ना प्रक्रिया अवलम्बन गरेर कामदार पठाउदै आएको दावी गर्ने चप्पल कारखाना स्थित ट्रस्ट नेपाल ओभरसीस प्रालिले गत आर्थिक बर्षमा ११०१ पुरुष र २०० जना महिला कामदार पठाएको छ । यो म्यानपावरले पनि मलेसिया केन्द्रित भएर कामदार पठाएको छ । हाल मलेसिया रोजगार बन्द हुँदा यो म्यानपावर फुर्सदिलो बनेको छ । 

त्यस्तै शुन्य लागत ब हर्ना प्रक्रियामा मात्र कामदार पठाउने काठमाडौँको गैह्रीधारा स्थित वाइड स्पेस इन्टरनेशनल प्रालिले गत आर्थिक बर्षमा १०५१ जना पुरुष कामदार पठाएको छ । यो म्यानपावरले पनि मलेसिया केन्द्रित भएर कामदार पठाएको छ । हाल मलेसिया रोजगार बन्द हुँदा यो म्यानपावर पनि फुर्सदिलो बनेको छ । 

त्यस्तै शुन्य लागतमा मात्र कामदार पठाउनेमा पाँचौं नम्वरमा काठमाडौँको मध्यबानेश्वर स्थित ट्रेन्डवे इन्टरनेशनलले गत आर्थिक बर्षमा ५९० जना पुरुष र १५१ जना महिला कामदार पठाएको छ । 

त्यस्तै लामो समयदेखि शुन्य लागतमा मात्र कामदार पठाउने म्यानपावर टाईटनिक म्यानपावर सप्लाएर्स प्रालिले भने गत आर्थिक बर्ष २७१ पुरुष र ६ जना महिला कामदार पठाएको छ । यो म्यानपावर काठमाडौँ स्थित बसुन्धरामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने