२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कुपण्डोलस्थित ‘एयर किङ्ग्स प्लेसमेमन्ट प्रा. लि.’ मा वैदेशिक रोजगार विभागको छापा

२०८१, २८ श्रावण सोमबार ०७:४९

साउन २८, काठमाडौँ । ललितपुरको कुपण्डोलस्थित ‘एयर किङ्ग्स प्लेसमेमन्ट प्रा. लि.’ मा वैदेशिक रोजगार विभागले छापा मारेको छ । उक्त मेनपावर कम्पनीले नियम विपरीत संयुक्त अरब इमिरेट्सको दुबईमा कामदार पठाउन अन्तरवार्ता लिइरहेको उजुरीको आधारमा शुक्रबार नै विभागले छापा मारेको हो । 

दुबईको ‘स्पार्क सेक्युरिटी गार्ड’का लागि कामदारको माग भएको भन्दै कम्पनीले ललितपुरसहित देशका विभिन्न स्थानमा रहेका शाखा कार्यालयबाट धमाधम युवाहरु जम्मा गरेर ५ देखि ६ लाख रुपैयाँसम्म माग गरेको खुल्न आएको विभागका एक अधिकारीले जानकारी दिए । ती अधिकारीका अनुसार यसबारे मेनपावरको सम्पर्कमा आएका युवाहरूले विभागमा दिएको उजुरीका आधारमा छापा मारिएको हो । 

छापा मारेर विभागको टोलीले कागजात, केही थान पासपोर्ट र कम्युटरसमेत नियन्त्रणमा लिएर गएको छ । मेनपावरले २ सय जनाका लागि डिमाण्ड आएको भनेपनि त्यसको नेपाली दूतावास र कुनै पनि निकायबाट प्रमाणीकरण नगराएको देखिएको विभागका ती अधिकारीको भनाइ छ । तर, युवाहरूबाट मेनपावरले ६ लाखसम्म लाग्ने भन्दै सुरुमा २ लाख रुपैयाँ जम्मा गराउन थालेपछि विभागमा उजुरी परेको थियो । 


विभागले छापा मारेसँगै तत्कालका लागि सो अन्तरवार्ता रोकिएको बताइएको छ । उसो त विभागले केही मेनपावरको पोखरा कार्यालयमा समेत छापा मारेको बताइएको छ । 

विभागका महानिर्देशक डण्डुराज घिमिरेले पोखरासँगै ललितपुरको कार्यालयमा छापा मारिएको पुष्टि गरे । विभागको टोलीले छापा मार्न जाँदा केही समय कर्मचारीलाई गेट बाहिरै राखिएको खुलेको छ । लक सिस्टमसहितको गेटका कारण विभागको टोली सहज रूपमा भित्र प्रवेश गर्न पाएको थिएन । त्यसपछि भित्र टोली प्रवेश गर्दा ४/५ जना मात्रै थिए । त्यो क्रममा मेनपावरका कर्मचारीहरू आवश्यक कागजात लुकाएको हुन सक्ने विभागको आशंका छ । जसका कारण विभागको टोलीले केही पासपोर्ट र केही सम्बन्धित कागजात मात्रै फेला परेको बताइएको छ । 

गत वर्ष बढी कामदारलाई वैदेशिक रोजगारीमा पठाउने मेनपावर रूपमा ‘एयर किङ्ग्स’ चिनिएको छ । उसले चार हजार १४ जनालाई वैदेशिक रोजगारीमा पठाएको विभागको तथ्यांकमा उल्लेख छ ।  ‘एयर किङ्ग्स’ का सञ्चालक जयराम अधिकारी हुन् । उनले शक्तिकेन्द्रमा आफ्नो मान्छे भएको भन्दै खुलेआम ठगी धन्दा चलाइरहेको त्यहीका कर्मचारीहरू बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !