साउन २८, काठमाडौँ । युवाहरुलाई युरोप रोजगारको आकर्षक तलबको प्रलोभन देखाई पोर्चुगल पठाउने भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
ठगि आरोपमा पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–२ घर भई काठमाडौंको बानेश्वर बस्ने वर्ष २७ की दिपा चन्द रहेकी छन् ।
आरोपित चन्दले पीडितबाट ५ लाख ३५ हजार रकम लिए पश्चात विदेश नपठाई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
उनलाई साउन २७ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।