साउन ३१, काठमाडौँ । वैदेशिक रोजगारीमा पठाउने भन्दै युवाहरुलाई प्रलोभनमा पारी ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत घर भएर ललितपुर बस्ने ३२ वर्षीय सुरेश राना र सिन्धुपाल्चोक घर भएर गोकर्णेश्वर बस्ने राजेश विष्ट छन् ।
रानाले ८ जनासँग १५ लाख ९३ हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । इटाली, रोमानिया र दुबई पठाउँछु भनेर रकम लिएपछि उनी सम्पर्कविहीन भएका हुन् ।
विष्टले १ जनासँग १ लाख ८० हजार रकम ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीहरू काठमाडौँबाट पक्राउ परेका हुन् ।