२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

युरोप जाने बढे, प्रतिव्यक्ति १३ लाखसम्म अशुली हुँदै

२०८१, ८ भाद्र शनिबार ०४:१६

भदौ ८, काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा युरोप रोजगारमा जाने युवाहरुको संख्या उल्लेख्य मात्रामा बढेको छ । एकै महिनामा करिब ६० हजार नेपाली रोजगारीको खोजीमा विदेशिदा युरोप रोजगार अन्तर्गत सबैभन्दा बढी रोमानिया गएका छन् ।

तश्वीर: त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल । अनिल अधिकारी

वैदेशिक रोजगार विभागका अनुसार चालु आव २०८१/८२ साउनमा श्रम स्वीकृति लिएर ५९ हजार ५५० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । साउनमा मात्र २५ हजार पाँच सयले बिभिन्न म्यानपावर मार्फत रोजगारमा जोडिएका छन् । त्यस्तै १० हजार ७ सय ५३ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएको विभागले जनाएको छ । त्यस्तै जीटूजी मार्फत ६६८ जना गएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार रोमनियामा सबैभन्दा धेरै नेपाली रोजगारीका लागि गएका छन् । साउन महिनामा मात्र रोमनियामा २ हजार २९८ जना वैदेशिक रोजगारीमा गएका छन् । क्रोएसियामा १ हजार १३८ जना, साइप्रस ७ सय, माल्टा २३९, पोर्चुगलमा १५६, पोल्यान्डमा ५० जना गएको विभागको तथ्यांक छ ।

पछिल्लो समय युरोप जानेहरुले संस्थागत माध्यम भन्दा व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने गरेका छन् । यसरी रोजगारमा जोडिनेहरु मध्ये अधिकांश आफै प्रयास गरेर नभई कुनै एजेन्ट वा कन्सल्टेन्सीको प्रयोग गरेका छन् । त्यसो त युरोप रोजगारमा म्यानपावर खोलेर व्यक्तिगत श्रमस्वीकृतिमा पठाउनेहरु पनि छन् । यसरी अवैध काम भईरहेको बिषयमा जानाकार वैदेशिक रोजगार बिभाग तथा कार्यालयले अनुगमन चुस्त बनाउन नसक्दा यो बेथिति अझै बढ्दै गएको छ । 

यसरी युवाहरुलाई रोजगारमा जोड्दा व्यक्ति, कन्सल्टेन्सी तथा म्यानपावरले कम्तिमा ७ लाखदेखि १३ लाखसम्म अशुल्ने गरेको पाइएको छ ।  

यसरी व्यक्तिगत श्रम स्वीकृतिको नाममा युरोप रोजगारमा जोड्नेहरुले बैदेशिक रोजगार कार्यालयलाई अन्तिम श्रम स्वीकृतिको नाममा प्रतिव्यक्ति कम्तिमा ३ हजारदेखि ३५ हजारसम्म घुष बुझाउनुपर्छ भन्दै युवाहरुसँग रकम अशुल्दै आएको समेत पाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !