१९ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

युरोप जाने बढे, प्रतिव्यक्ति १३ लाखसम्म अशुली हुँदै

८ भाद्र २०८१, शनिबार ०४:१६

भदौ ८, काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा युरोप रोजगारमा जाने युवाहरुको संख्या उल्लेख्य मात्रामा बढेको छ । एकै महिनामा करिब ६० हजार नेपाली रोजगारीको खोजीमा विदेशिदा युरोप रोजगार अन्तर्गत सबैभन्दा बढी रोमानिया गएका छन् ।

तश्वीर: त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल । अनिल अधिकारी

वैदेशिक रोजगार विभागका अनुसार चालु आव २०८१/८२ साउनमा श्रम स्वीकृति लिएर ५९ हजार ५५० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । साउनमा मात्र २५ हजार पाँच सयले बिभिन्न म्यानपावर मार्फत रोजगारमा जोडिएका छन् । त्यस्तै १० हजार ७ सय ५३ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएको विभागले जनाएको छ । त्यस्तै जीटूजी मार्फत ६६८ जना गएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार रोमनियामा सबैभन्दा धेरै नेपाली रोजगारीका लागि गएका छन् । साउन महिनामा मात्र रोमनियामा २ हजार २९८ जना वैदेशिक रोजगारीमा गएका छन् । क्रोएसियामा १ हजार १३८ जना, साइप्रस ७ सय, माल्टा २३९, पोर्चुगलमा १५६, पोल्यान्डमा ५० जना गएको विभागको तथ्यांक छ ।

पछिल्लो समय युरोप जानेहरुले संस्थागत माध्यम भन्दा व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने गरेका छन् । यसरी रोजगारमा जोडिनेहरु मध्ये अधिकांश आफै प्रयास गरेर नभई कुनै एजेन्ट वा कन्सल्टेन्सीको प्रयोग गरेका छन् । त्यसो त युरोप रोजगारमा म्यानपावर खोलेर व्यक्तिगत श्रमस्वीकृतिमा पठाउनेहरु पनि छन् । यसरी अवैध काम भईरहेको बिषयमा जानाकार वैदेशिक रोजगार बिभाग तथा कार्यालयले अनुगमन चुस्त बनाउन नसक्दा यो बेथिति अझै बढ्दै गएको छ । 

यसरी युवाहरुलाई रोजगारमा जोड्दा व्यक्ति, कन्सल्टेन्सी तथा म्यानपावरले कम्तिमा ७ लाखदेखि १३ लाखसम्म अशुल्ने गरेको पाइएको छ ।  

यसरी व्यक्तिगत श्रम स्वीकृतिको नाममा युरोप रोजगारमा जोड्नेहरुले बैदेशिक रोजगार कार्यालयलाई अन्तिम श्रम स्वीकृतिको नाममा प्रतिव्यक्ति कम्तिमा ३ हजारदेखि ३५ हजारसम्म घुष बुझाउनुपर्छ भन्दै युवाहरुसँग रकम अशुल्दै आएको समेत पाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रविबारे तोसिमाको प्रश्न : पर्याप्त‌ बयान नलिने, म्याद‌ थपिरहने ? बलिवुडका दुई चर्चित फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ कति कमाए ३ दिनमा ? रविलाई म्याद थप्न भोलि अदालत उपस्थित गराइँदै, म्याद थपअघि पोखरामा सशक्त आन्दोलन गर्ने रास्वपाको तयारी दीपिका र रणवीरले राखे छोरीको नाम काठमाडौंमा हल्कादेखि मध्यम वर्षा, भोलिबाट मौसममा सुधार देखिने विश्वकप लिग–२ : आज नेपाल र स्कटल्याण्ड भिड्दै पाकिस्तानलाई पराजित गर्दै श्रीलंकाले उचाल्यो हङकङ सिक्सेसको उपाधि दाजुभाई तथा दिदीबहिनीहरु नहुनेले रानीपोखरीमा भाईटिका ग्रहण गर्दै (हेर्नुहोस् फोटो/भिडियो) वेष्ट इन्डिजका वाल्टनले कर्णाली याक्सबाट खेल्ने उपप्रधानमन्त्री प्रकाशमान सिंह शहरी विकास सम्बन्धि कार्यक्रममा सहभागी हुन इजिप्ट प्रस्थान विश्वकप लिग–टू: नेपाल अमेरिकासँग अलआउट, नेपाल ३७ रनले पराजित आज भाइटीका: उत्तम साइत बिहान ११ः३७ बजे यस्तो छ आजको मौसम पूर्वानुमान: बिभिन्न प्रदेशमा वर्षाको सम्भावना नेपाल श्रीलंकासँग ४० रनले पराजित, श्रीलंका सेमिफाइनलमा नेपाल संवत् नेपाली माटोको संवत्: प्रधानमन्त्री ओली यमपञ्चक चौथो दिन: आज गाई पूजा गरिँदै विश्वकप लिग टू: आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा अष्ट्रेलियामाथि नेपालको शानदार जित, नेपाल समूह बिजेता चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक आइपीएल: विराट कोहली २१ करोडमा रिटेन हुँदा अरु खेलाडीहरु कतिमा भए रिटेन?