२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

इजरायल रोजगारको लागि चिट्ठा प्रणालीबाट २२ सय नेपाली छानिए

२०८१, १३ भाद्र बिहीबार १२:१९

भदौ १३, काठमाडौँ ।  इजरायल रोजगारका लागि २२ सय नेपाली छनौट सूचीमा परेका छन् । इजरायलको पीवाले चिट्ठा प्रणालीबाट २२ सय नेपालीको सूची तय गरेको हो ।

इजरायलको राजधानी जेरुसेलममा आयोजित एक कार्यक्रममा चिट्ठा प्रणालीबाट ११९६ महिला र १००६ पुरुष कामदार छनौट भएका छन् । इजरायल सरकारको जनसंख्या तथा अध्यागमन विभागमा आयोजित कार्यक्रममा चिट्ठा प्रणालीबाट २२ सय कामदारको सूची तय गरिएको नेपालस्थित इजरायली दूतावासले जानकारी दिएको छ।


गत अक्टोबर ७ मा हमासले सुरु गरेको आक्रमणपछि इजरायल र प्यालेस्टाइनहरुबीचको द्वन्द्व अझै जारी छ। हमास आक्रमणपछि नेपाल सरकारले इजरायलबाट नेपाली कामदार फिर्ता पनि ल्याएको थियो भने ठूलो संख्यामा नेपाली कामदार अझै इजरायलका विभिन्न सहरमा काम गरिरहेका छन्।

काठमाडौँस्थित इजरायली दूतावासमा बिहीबार आयोजित एक कार्यक्रममा सञ्चारकर्मी र परराष्ट्र मन्त्रालयका अधिकारीहरुसमेतको उपस्थितिमा जेरुसेलममा आयोजित कार्यक्रमको लाइभ टेलिकास्ट गरिएको थियो।

इजराइल केयरगिभरमा जानका लागि चार हजार २४ जना (दुई हजार २०९ जना पुरूष र एक हजार ८१५ महिला) ले आवेदन दिएका थिए । आवेदन दिएकाबाट तीन हजार ४६१ जना (एक हजार ८६३ पुरूष र एक हजार ५९८ महिला) विभागले स्वीकृत गरेको थियो ।

छानिएका नेपाली कामदारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा ६५ वर्ष ननाघेका गम्भीर अपांगता भएका व्यक्तिको स्याहारका लागि काम गर्नुपर्नेछ । दुवै देशका सरकारीस्तरमा श्रम सम्झौता भएकाले इजरायलको रोजगारी सुरक्षित र आकर्षक मानिन्छ ।

केयर गिभरमा जानेलाई बस्ने सुविधा भए पनि लागत आफैँ तिर्नुपर्ने र खाने खर्चसमेत कामदारले नै व्यहोर्नुपर्ने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !